जलविद्युत् कम्पनीको चुक्ता पुँजी १० अर्ब, शेयरधनीलाई बाँड्दै ५० करोड नगद लाभांश !

साढे दुई लाख सर्वसाधारण सेयरधनी, २ अर्ब रुपियाँ उठाइएको
निर्माण सञ्चार, काठमाडौँ | जलविद्युत् लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपियाँ नगद लाभांश बाँड्ने भएको छ ।

उक्त रकम कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम हो ।

यस कम्पनीको चुक्ता पुँजी हाल १० अर्ब रुपियाँ छ । जलविद्युत् कम्पनीमा संस्थागत ७ र साढे दुई लाख सर्वसाधारण सेयरधनी रहेको बताइएको छ ।

कम्पनीले सर्वसाधारणबाट २ अर्ब रुपियाँ उठाएको थियो । सञ्चालक समितिले स्वीकृत गरेकाले कम्पनीको शुक्रबार बस्ने छैटौं वार्षिक साधारणसभाले लाभांश बाँड्ने निर्णय गर्ने कम्पनीले जानकारी दियो ।

सेयरपुँजी र जगेडा कोषमा रहेको रकमसमेत जोड्दा कम्पनीमा हाल करिब ११ अर्ब रुपियाँ छ ।

उक्त कम्पनीले विभिन्न जलविद्युत् आयोजनाका लागि भन्दै साढे ७ अर्ब रुपियाँ ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

कम्पनीका अनुसार सो रकमबाहेक अहिलेसम्म डेढ अर्ब रुपियाँ निकासा भइसकेको छ ।

यस कम्पनीले विद्युत्सँग सम्बन्धित ५ कम्पनीमा स्वपुँजी लगानी गरेको छ ।

 कुनमा कति प्रतिशत स्वपूँजी ?

कम्पनीले पावर ट्रान्समिसन कम्पनी नेपाल (पिटिसिएन) मा १४ प्रतिशत, रेमिट हाइड्रो कम्पनीमा शतप्रतिशत, विद्युत् उत्पादन कम्पनीमा ४ प्रतिशत, एनइए इन्जिनियरिङ तथा पावर ट्रेड कम्पनीमा १५/१५ प्रतिशत र फुकोट कर्णालीमा १० प्रतिशत स्वपुँजी लगानी गरेको छ ।

यी ५ कम्पनीमा ३४ करोड रुपियाँ भन्दा बढी लगानी भएको छ । हालसम्म कम्पनीले ५ सय ४१ मेगावाटका आयोजनामा ६ अर्ब ७८ करोड रुपियाँ ऋण लगानी गरिसकेको छ ।

कहिले स्थापना यो कम्पनी ?

जलविद्युत् विकासमा लगानी जुटाउने उद्देश्यले तत्कालीन उर्जा मन्त्री गोकर्ण विष्टको पहलमा २०६८ असार २७ गते उक्त कम्पनीको स्थापना भएको थियो ।

....

बिहीबार, पुस ०७४ 

प्रतिक्रिया

Related