निर्जीवन बिमा प्रति कर्णालीबासीको आकर्षणः स्याउका बोटहरुको बिमा बढ्दो

निर्माण सञ्चार, जुम्ला । कर्णालीमा पहिलो केही वर्षयता निर्जीवन बिमा प्रति आकर्षण बढ्दै गएको छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमा प्रतिको आकर्षण बढ्दो क्रममा देखिएको हो ।

सरकारी कार्यक्रम अनुसारले इन्सोरेन्स कम्पनीहरु अहिले कर्णालीका ग्रामीण क्षेत्रमा जाने गरेका छन् । कर्णालीबासीले निर्जिवन, पशु कृषि, स्वास्थ्य सवारी साधन बिमा गरिरहेका छन् ।

जुम्लाबाट सुरु भएको निर्जीवन विमा मुगु, कालिकोट, डोल्पा र हुम्लामा संचालन भइरहेको छ । जुम्लामा निर्जीवन बिमाले धेरैलाई राहात पुराएको छ ।

जसमा अहिले सम्म जुम्लामा ४७, डोल्पामा ६९ र मुगुमा पहिलो पटक ३० जनाले बिमा बापतको रकम प्राप्त गरिसकेका छन् ।

रकम भुक्तानी पाउने आशा नगरेका मुगुका राजकुमार बामले शनिबार हातमा चेक पाएपछि निकै खुसी देखिएका थिए ।

हुम्ला र कालिकोटमा भने, केही समय पछि बिमा बापतको बिमकहरुले पाउने रकम भुक्तानी गर्ने तयारी भइरहेको शिखर इन्सोरेन्सलका शाखाहरुले बताएका छन् ।

जुम्लामा सबैभन्दा बढी एक हजार स्याउको बिमा गरिएको छ थियो । जो कर्णालीमनै बढी हो । भने मुगुमा सबैभन्दा कम १० वटा स्याउका वोटको बिमा गरिएको छ ।

निर्जीवन बिमा कार्यक्रममा सरकारी पक्षबाट ७५ प्रतिशत र विमितले २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ ।

बिमाका फाइदाका बारेमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण बिमा गराउने कृषकहरुको संख्या बढ्दै गएको जुम्लाका बिमा सहजकर्ता लक्षिराम महतले बताए ।

उनका अनुसार थोरै लगानीले धेरै पाउने चेतनाले छोएपछि बिमा गर्नेहरुको संख्या बढ्दै छ । कर्णाली ४ जिल्ला भन्दा जुम्लामा सबै भन्दा बढि विमित रहेका छन् ।

जस मध्य ४७ जनाले एक वर्ष यताको भुक्तानी पाएका छन् भने जुम्लामा झण्डै ५ सय बढी बिमित संख्या छ ।

स्थानीयको सहजताका लागि इस्सोरेन्स कम्पन्नीहरुले भुक्तानी रकम सिधै बैंक खातामा हाल्ने र चेक हस्तान्तरण गर्ने गरेका छन् ।

थुप्रै इन्सोरेन्स मध्य शिखर इन्सोरेन्सले पहिलो पटक निर्जीवन बिमा र सक्षम कार्यक्रम लागु गरेको क्षेत्रिय प्रबन्धक ऋषिराज पाण्डेले बताए ।

उनका अनुसार कर्णालीमा अन्य बिमा कम्पन्नी भन्दा शिखर इन्सोरेन्सलेले कर्णाली बासीको मन जितेको छ । अझै पनि कृषकहरुको सहजताका लागि सक्षम कार्यक्रमले निकै राहात पुराउने बताए ।

कर्णालीका तीन जिल्लामा निर्जीवन बिमाको रकम भुक्तानी पाएपछि स्थानीय हर्षित भएका छन् ।

चेतना वृद्धिले बिमा गर्नेको संख्या बढेपछि जोखिमबाट हुने क्षतिपूर्ति रहेक किसानले पाउने छन् ।

__

जुम्लाबाट सागर परियार

 

निर्जीवन बिमा गराएकाहरुलाई चेक मार्फत रकम भुक्तानी गरिदै : तस्बिर: सागर परियार, जुम्ला

 

 

...

शनिबार, २९ पुस, ०७४

 

प्रतिक्रिया

Related