माघ ६ बाट चमेलियाको ३० मेगावाट विद्युत् उत्पादन सुरु

उत्पादित विद्युत् माघ १२ बाट राष्ट्रिय प्रसारणलाइनमा जोडिने
निर्माण सञ्चार, काठमाडौँ | १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन थाल्ने बताइएको छ ।

नियमित उत्पादन माघको ६ गते (शनिबार)बाट थाल्ने भएपनि माघ १२ (शुक्रबार) बाट मात्रै चमेलियाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।

चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)द्वारा निर्माणधिन यस आयोना सन् २००७ मा निर्माण थालनी गर्दा ८ अर्बमा निर्माण गर्ने निर्णय भएको थियो ।

तर, उक्त आयोजना तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसक्दा लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ ।

शुक्रबारदेखि सो आयोजनाको एउटा युनिटबाट उत्पादीत बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

उक्त जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्काे युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालन आउने प्रमुख दाहालले बताए ।

६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यस चमेलियाले नियमित उत्पादन थाल्नेछ ।

दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले भ्रष्टाचार भएको आशंका गर्दै काम रोक्न निर्देशन दिएको थियो ।

यसकारण एक वर्ष यसको निर्माण रोकिन पुगेको थियो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो ।

भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले बीचैमा काम रोक्न निर्देशन दिएको हो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

प्राधिकरणले चालू वर्षको दशैंको अवसरमा सुदूरपश्चिमबासीलाई ‘चमेलियाको बिजुली’ उपहार दिने घोषणा गरेको थियो ।

प्राधिकरण तथा आयोजनाका अधिकारीले यो घोषणा गत जेठ अन्तिम साता गरेका थिए ।

असोजमा बल्ने भनिएको बिजुली बलेन । कात्तिकमा पनि बलेन । मंसिर लाग्दा नलाग्दै बाँधको गेटमा समस्या आयो । हाल पुषको अन्तिममा भने बल्ल विद्युत् उत्पादन हुने संकेत दिइएको छ ।

पढौँ यो पनि
प्राधिकरणको ढाँटको बजार, चमेलिया बिजुली आउँछ भन्दै किन ढाँटिरहन्छ प्राधिकरण ?

....

बिहीबार, पुस ०७४ 

प्रतिक्रिया

Related