गौचन हत्यामा संलग्न थप ३ जना प्रक्राउ

प्रहरीद्वारा अभियुक्तलाई सर्वश्वसहित जन्मकैदको माग दाबी
निर्माण सञ्चार, काठमाडौँ | निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता रहेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेको एसपी रामदत्त जोशीले जानकारी दिए ।  उनीहरुमध्ये केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको जोशीको भनाइ छ ।

प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्नेतसहित ७ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

उक्त परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन समेत मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।

यसअघि प्रहरीको अनुसन्धान टोलीले दुर्गाहत्याकाण्डका मुख्य मनोज पुनको समूहसहित अन्तराष्ट्रिय मिलोमतोमा गौचनको हत्या गरेको हुनसक्ने अनुमान लगाइएको थियो ।

प्रहरी परिसरभित्रै विवादास्पद रहेको गौचन हत्याकाण्डबारे कतिपयले भने राजनीतिक संरक्षण रहेको हुनसक्ने अड्कल लगाएका छन् ।

गौचनको गत २३ असोजमा काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या भएको थियो ।

प्रहरीका अनुसार गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत् लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियो ।

....

बिहीबार, २७ पुस ०७४

प्रतिक्रिया

Related