डोल्पामा आगलागीः भण्डै साढे २ करोडको क्षति

१४ घण्टापछि मात्रै आगो नियन्त्रणमा, पाँचसय वर्ष पुरानो मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट
निर्माण सञ्चार, डोल्पा | हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं. ९ होर्तमा आगोलागी भएर दुई करोड ३२ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट पाँचसय वर्ष पुरानो मष्टा मन्दिर सहित आठ घर जलेर नष्ट भएका छन् ।

यस आगलागीबाट दुई करोड ३२ लाख बराबरको क्षति भएको मुचुल्का गरिएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिएका हुन् ।

प्रहरीका अनुसार आगलागीमा परेर मष्टा मन्दिर भित्र भएको बहुमुल्य मुर्ती जल्दा एक करोड बराबरको क्षति भएको छ ।

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला ९ होर्त गाँउका नन्द कुमारी बुढा,सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, राम बहादुर बुढा, शान्ति बुढा, दलजित बुढा, कर्ण बहादुर बुढा रहेका छन् ।

कर्ण बहादुर बुढाका तिनबाट बाख्रा पनि जलेको स्थानीयले बताएका छन् ।

मंगलबार बेलुकी सुरु भएको आगलागी बुधबार बिहान मात्रै १४ घण्ट पछि नियन्त्रणमा आएको थियो ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

....

बिहीबार, पुस ०७४ 

प्रतिक्रिया

Related