कर्णालीको चिसो माइनस ८ भन्दा तल– पशुदेखि सर्वसाधरणको जिवन अस्तव्यवस्त

निर्माण सञ्चार, जुम्ला | कर्णालीमा अत्याधिक बढ्दो चिसोका कारण भेडा र घोडी व्यवसायीलाई सकस भएको छ ।

चिसोका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लाका विभिन्न भेडा, घोडी चराउने पाटनमा रहेका भेडा, घोडी तथा हजारौँ व्यवसायीहरूलाइ सकस भएको हो ।

अत्याधिक चिसोले पाटनमा रहेका भेडा, घोडी हिजोआज बेसी झारिँदै छन् । जुम्लामा चिसो माइनस ८ दशमलब ७ डिग्री सेल्सियस पुगेको छ । चिसोले जनजीवन कष्टकर मात्र होइन, पशुवस्तुलाई समेत असर परेको छ ।

‘पाटनमा चिसोले सताउदाँ सुख्खा चरण क्षेत्र पनि सकिदै छ ।

भेडा, घोडी पाटनमा राख्दा चिसोले मर्ने त्रास भढेपछि बेसी झारेका छौँ । झण्डै ३ सयको संख्यामा रहेका भेडालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो ।’

मुगु खमालेका भेडा पालक कृषक मानबहादुर बुढाले भने । उनीजस्तै मुगुका अधिकांश भेडा पालक कृषकहरूलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।

लेकमा राखेका खसी, बाखा्रले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको कालिकोट जुविथाँका कृषक बलबहादुर शाहीले बताए ।

कालिकोटका सबैजसो गाँउठाँउका कृषकहरूले लेकमा राखेका भेडा, बाखा्र, घोडा, घोडीहरू चिसोले घरमा झारेका छन् ।

चिसो छल्न जुम्लाका भेडा, घोडी जाजरकोटमा बढ्दो चिसोको प्रकोपका कारण जुम्लाका अधिकांस भेडा, घोडी चिसो छल्न जाजरकोटमा लिइएका छन् ।

जुम्लाको तुलनामा जाजरकोटमा तातो हुने र हिँउदको समयमा पनि बोट बिरुवा हरियाली हुने भएकाले भेडा, घोडी पाल्न सजिलो हुने भन्दै जुम्ला अधिकांश कृषकहरूले आफूले पालेका भेडा, घोडी जाजरकोट लिएका छन् ।

तातोपानी गाँउपालीका ४ का ५० बढी संख्यामा रहेका भेडा पालक मदकृष्ण उपाध्यायले भने, ‘जुम्लासँग जोडिएको र चरण क्षेत्र धेरै भएको र हिँउदे मौषममा पनि त्यति चिसो नहुने भएकाले भेडा, घोडी जाजरकोटमा लिएको छुँ ।

यहाँ पाल्न सजिलो छ । तर कर तिर्नुपर्छ । सँधै यँहा राख्न सम्भव छैन ।

फागुनपछि जुम्लाका पाटन हरियाली हुन्छन् । त्यतिखेर भेडा, घोडी जुम्ला ल्याउने हो’ ।

तातोपानी ४ कै भेडा पालक कृषक कालीबहादुर खत्री र धनबहादुर खत्रीका पनि ५ सय बढी भेडा, बाख्रा र घोडीहरू चिसो छल्न भन्दै जाजरकोट लिइएका छन् ।

भेडा पालक कृषक कालीबहादुर खत्रीले भने, ‘गत वर्ष घरमै भेडा राख्दा चिसोले ४०/५० भेडा, बाख्रा मरे, यस वर्ष पनि चिसोले दाना, पानी खान छोडेपछि चिसो छल्न तातो स्थानमा लिन बाध्य भएका हौ ।’

उहाँ जस्तै जुम्लाका १ हजार बढी भेडा, घोडी पालक कृषकहरूले हरेक वर्ष चिसो छल्न आफ्ना पशुवस्तुलाई तातो ठाँउ जाजरकोट, दैलेख र सुर्खेतसम्म लिने गरेका छन् ।

....
बिहीबार, पुस ०७४

 

प्रतिक्रिया

Related