२९६औं पृथ्वी जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा सैनिक प्रमुख लगायतले विशेष समारोहका साथ पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि रहेको पृथ्वीको सालिकमा माल्यार्पण गरेकी छन् ।
सेनाको टुकडी सलामी समेत अर्पण गरेको थियो ।
यसै सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघले पनि पृथ्वी जयन्तीमा संस्थागत रुपमा आफ्नो सहभागिता जनाएको छ ।
यो दिवसको उपलक्ष्यमा बहुलतालाई एकता र नेपालीहरु बीचको सदीयौैंदेखिको सहिष्णुता अझै फैलदै जाने प्रेरणा मिलोस् भन्ने महासंघको कामना रहेको महासचवि रामशरण देउजाले बताए ।
...
बिहीबार, २७ पुस, ०७४
प्रतिक्रिया