कर्णालीमा पहिलो ‘हेरिटेज ट्रेल रेस’को तयारी पुरा

१२ किलोमिटरको रेसमा १ सय २० जना खेलाडीको सहभागिता
निर्माण सञ्चार, काठमाडौँ | आगामी माघ १ गते अर्थात जनवरी १५ तारिखमा हुने प्रथम जुम्ला हेरिटेज ट्रेल रेसको तयारी पुरा भएको आयोजनाले जनाएको छ ।

कर्णाली स्पोर्ट्स् क्लबद्वारा ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ आयोजना हुने भएको हो ।

नेपालका प्रख्यात बैकुण्ड मानन्धरद्धारा जेआर केविएस हेरिटेज ट्रेस रेस २०१८ को उद्घाटन हुने तयारी भएको आयोजक क्लवले जनाएको छ ।

४ जना विदेशी सहित नेपालका विभिन्न जिल्लाका १ सय २० जना खेलाडीले प्रतियोगितामा भाग लिने जनाएको छ ।

हेरिटेज टे«ल रेसको आर्थिक सहयोग जेआर कर्णाली बोर्डिङ स्कूल, चन्दननाथ नगरपालिका, जिल्ला खेलकुद विकास समितिको कार्यालय, योङ विपि डब्लु, न्यू मनकामना ढुवानी सेवा लगायतको रहेको छ ।

खेलकुद मार्फत संस्कृति संरक्षण र खेलको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए ।

जुम्लाकै भूमिमा दौडेर यहाँका खेलाडीले विदेश गएर सफलता हासिल गरेको र यो खेल यहाँ पनि हुनसक्छ भन्ने सन्देश दिन ट्रेल रेसको आयोजना गर्न लागिएको उनको भनाई छ ।

अध्यक्ष शाहीका अनुसार १२ किलोमिटरको रेसमा महिला तथा पुरुष सबै खेलाडीले खुलारुपमा भाग लिन सक्नेछन् ।

उनले यो खेल सञ्चालन गर्न सवा १ लाख खर्च हुने र १ सय २० जना खेलाडीको सहभागिता हुने अनुमान गरिएको बताए ।

‘ट्रेल रेसमा भाग लिने खेलाडीहरुले चन्दननाथ मन्दिरबाट दौड सुरु गरेर बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, आचार्यवाडा माथिको भगवती मन्दिर, भण्डारीवाडा, २४ नं. बाहिनी अड्डा, खोलिकोट भएर मालाभिड मन्दिर र सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर फेरि चन्दननाथ मन्दिरमा पुग्नुपर्ने रेसको रुट रहेको अध्यक्ष शाहीले बताए ।

अल्ट्रा म्याराथुन आयोजनाले कर्णालीमा यो रेस सम्भव रहेको म्याराथन धावक हरिबहादुर रोकायाले बताए ।

उनले यो खेलबाट पनि कर्णालीमा अन्य खेलसमेत हुन सक्छन् भन्ने कुरा जानकारी हुने बताए ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने खेलाडीलाई १५ हजार, १२ हजार र १० हजार नगद तथा मेडल पुरस्कार स्वरुप प्रदान गरिने जनाएको छ ।

प्रथम जुम्ला हेरिटेजट्रेल रेस प्रतियोगिताका लागि जेआर कर्णाली बोडिङ स्कूलले ८५ हजार, जिल्ला खेलकुल विकास समितिले २० हजार, चन्दननाथ नगरपालिकाले २० हजार, योङ विपि डव्लुले १५ हजार र न्यू मनकामना ढुवानी सेवाले १५ हजार रुपियाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

....

शुक्रबार, २८ पुस ०७४

प्रतिक्रिया

Related