सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा

निर्माण सञ्चार, काठमाडौँ |  सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहकाबीच गरेका हुन् ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि लव कुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

यता बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोबिन्द महर्जनले भने शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारेका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको बताइएको छ । ....

शुक्रबार, २८ पुस ०७४ 

प्रतिक्रिया

Related