के के आधारमा एमालेले चुन्दै छ राष्ट्रियसभामा प्रतिनिधि ? कस्ता छन् उम्मेदवार छनोटका ६ मापदण्ड ?

निर्माण सञ्चार, काठमाडौं । माओवादी केन्द्रसँग एकता प्रक्रियामा रहेको नेकपा एमालेले मुख्य मन्त्री चयनको आन्तरिक गृह कार्य गरिरहँदा एमालेले भने राष्ट्रिय सभाका लागि प्रतिनिधि चयनको ६ मादण्ड तय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको हो ।

मापदण्ड अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय भोगेका र समानुपातिकको बन्द सूचीमा रहेकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने मापदण्डमा उल्लेख छ ।

मापदण्डले ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ उल्लेख गरेबाट यसको स्पष्ट हुन्छ ।

योगदान, वैचारिक फाँट जस्ता पक्षका आधारमा पनि चयनको आधार बनाउने उक्त दलको मापदण्डमा उल्लेख छ । पार्टीसँग वैचारिक आवद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका, पार्टीमा लामो योगदान गरेका तथा विभिन्न विषय सम्बद्ध विज्ञ समेत समेटिने उल्लेख छ । आफ्नो प्रदेश कमिटीलाई पनि माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न एमालेले भनेको छ ।

यस्तो छ विज्ञप्ति

 

 

...

शुक्रबार, २८ पुस, ०७४

 

प्रतिक्रिया

Related