ग्रील व्यवसायी संघ ललितपुरको दोश्रो अधिवेशन सम्पन्न

पूर्वाधार विकासमा मेटल फेब्रिकेटर्सको महत्वपूर्ण योगदान छः महासंघ अध्यक्ष कटुवाल
निर्माण सञ्चार, काठमाडौँ | देशभरि सञ्चालित दश हजार भन्दा बढी ग्रील तथा स्टील व्यवसाय उद्योगहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आवद्ध ग्रील तथा स्टील व्यवसायी संघ ललितपुरले दोश्रो अधिवेशन सम्पन्न गरेको छ ।

उक्त संघको पाँचौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको उद्घाटन भने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले गरेका थिए ।

सो अवसरमा अध्यक्ष कटुवालले व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा आएर व्यवस्थित र मर्यादित भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए ।

देश नयाँ युगमा प्रवेश गरेसँगै सबैका ध्यान देशका आर्थिक उन्नतीमा केन्द्रीत हने हुँदा अब विकास निर्माणको काममा तिब्रता आउने उनले बताए ।

नेपालको पूर्वाधार विकासमा महत्वपुर्ण योगदान गर्दै आएका देशमा सञ्चालित ११ हजार मेटल फेब्रिकेटर्सहरुले कामको ठूलो सम्भावना रहेको भन्दै उनले संगठित र समय सापेक्षिक परिमार्जित हुँदै देश निर्माणमा लाग्न आग्रह गरे ।

उनले ग्रील व्यवसायमा देखिएका समस्याहरुको समाधानको लागि महासंघ निरन्तर लाग्ने प्रतिबद्धता समेत गरे ।

केही दिनयता फलाम र निमार्ण सामग्रीहरुमा बढेको अनियन्त्रित मूल्यवृद्धिको विरोध गर्दै अध्यक्ष कटुवालले मूल्यवृद्धि फिर्ता गराउन र नियमित अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए ।

व्यवसायीकै लगानीमा सञ्चालित हार्यवेयरले कमाउने मुनाफा व्यवसायीहरुले नै पाउने हुनाले व्यवसायीको आकर्षण बढेको छ ।

देशका विभिन्न भागमा ग्रील व्यवसायीद्वारा सञ्चालन गरिएको हार्डवेयरको सफलताले आगामी दिनमा ग्रीलजन्य कच्चा पदार्थ उत्पादन गर्ने रोलिङ मिल स्थापना गर्न महासंघले व्यवसायीलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।

ग्रील तथा स्टील व्यवसायी संघ ललितपुर अध्यक्ष सुदन विष्टको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा विभिन्न संघ संगठनका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले पुन सुदन विष्टको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष मंगलकृष्ण श्रेष्ठ, उपाध्यक्ष कुमार श्रेष्ठ, महासचिव शिवबहादुर सुनुवार, सचिव भगत सुबेदी, कोषाध्यक्ष नारायण श्रेष्ठ, सदस्यहरुमा किरणराज श्रेष्ठ, सुभाष तिरुवा, मिश्रीलाल श्रेष्ठ, विशाल श्रेष्ठ, सुर्य श्रेष्ठ, ध्रुव राउत र पर्शुराम राउतलाई निर्वाचित गरेको छ ।

...

सोमबार, १ माघ ०७४ 

प्रतिक्रिया

Related