सुजुकी सेलेरियो टेस्ट राइड क्याम्पेन, ५८२ ग्राहक सहभागी

हरेक टेष्ट राईडमा आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख रुपियाँ
निर्माण सञ्चार, काठमाडौँ | सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले पौष महिनादेखि राष्ट्रव्यापी संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिदै आएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले यस कार्यक्रम आयोजना गरेको हो ।

गत पुसमा उक्त कार्यक्रम सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा सञ्चालन भएर सफल भएको थियो ।

कम्पनीकाअनुसार ५८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएका थिए ।

सहभागी भएका ग्राहकहरुले सकारात्मक धारणा व्यक्त गदैै किन्नु अघि टेष्ट राईड गर्ने सुविधा पाएकोमा सन्तुष्टि भएको बताए ।

सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तले भने ‘ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ ।’

उनले भावी संचालन हुने टेष्ट राईड कार्यक्रममा पनि ग्राहकवर्गको सोही उल्लाहसपूर्ण सहभागिता प्राप्त हुनेमा आशावादी रहेको बताए ।

सेलेरिया “द परफेक्ट फेमिली कार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो ।

हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख रुपियाँ क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

 

 

 

 

 

...

सोमबार, १ माघ, ०७४ 

प्रतिक्रिया

Related