सनराइज बैंक लिमिटेडको २० औँ शाखारहित बैंकिङ्ग सेवा छम्पीमा

बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले आफ्नो २० औँ शाखारहित बैंकिङ्ग सेवा गोदावरीको छम्पीमा सुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भने गोदावरी नगरपालिका, वडा नं ९ का अध्यक्ष आत्माराम थापाले एक समारोहका बीच गरे ।

सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि राजिब केसीलाई पोइन्ट अफ सेल मेसिन आत्माराम थापा र भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

साथै बैंकको भैँसीपाटी शाखाका प्रवन्धक कमल बाबु सिम्खडाले भने शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिए ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य समेत लिएको बैंकले जनाएको छ ।

...

बुधबार ३ माघ ०७४ 

प्रतिक्रिया

Related