अष्ट्रेलियन एड्मिसन डे २०१८ आयोजनाको सुरुवात

निर्माण सञ्चार, काठमाडाैँ । मंगलबार होटल याक एण्ड यतीमा अष्ट्रलियन एड्मिसन डे २०१८ प्रमुख अतिथि अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले पानसमा बत्ति बालेर औपचारिक रुपमा आयोजनाको सुरुवात गरेका हुन् ।

उक्त आयोजना जनावरी १६, १८ र १९ मा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । यो आयोजना काठमाडौँ, चितवन र पोखरामा गरी देशको ३ स्थानबाट सञ्चालन भइरहेको छ ।

काठमाडौँ– होटल याक एण्ड, चितवन– भरतपुर गार्डेन रिसोर्ट र पोखरा– होटल पोखरा ग्राण्डीमा सञ्चालन भइरहेको छ । यस कार्यक्रमले विद्यार्थीहरुको भविष्यका लागि शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका इम्मिग्रेसन पोलिसी, कोर्षको बारेमा सल्लाह सुझाव, विद्यालय छनोट तथा त्यसका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदान गराउने काम भइरहेको छ ।

यस कार्यक्रममा ३४ कोर्षका प्रदायक र पोखरा तथा चितवनमा १४ वटा कोर्षको प्रदायकको सहभागिता भइरहको छ । उक्त कार्यक्रममा बोल्दै अष्ट्रेलियन राजदूत महामहिम पिटर बडले भने, ‘ जनावरी १९ सम्म चल्ने अष्ट्रेलियन एड्मिसनस् डे २०१८ समारोह काठमाडौँ, चितवन र पोखरामा आयोजना भइरहेको छ । उक्त कार्यक्रममा काठमाडौँमा १ हजार तथा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता गराउने लक्ष लिएको एइसीसी ग्लोबल कम्पनीले लक्ष्य लिएको छ ।’

उक्त कार्यक्रममा बोल्दै एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेशकुमार झाले भने, ‘हामीले विद्यार्थी तथा उनीहरुका अभिभावले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्युमेण्टेसनसँ सम्बन्धित सम्पूर्ण जानकारी लिने अवसर हामीले दिएका छौँ । विद्यार्थीहरुले विश्वविद्यालयसम्म पुग्न सक्न अवस्थामा हामी विश्वविद्यालयलाई न विद्यार्थीसामू ल्याउने हर सम्भव प्रयास गछौँ ।’

यसैगरी, उक्त कार्यक्रममा बोल्दै एईसीसीका निर्देशक रञ्जितकुमार अग्रवालले भने, शैक्षिक ज्ञान पूरा गरेर देश फर्किएपछि विद्यार्थीलाई देशमा बसेर उल्लेख्य काम गर्न हामी सधैँ प्रेरित गर्नेछौँ । एईसीसीको प्रमुख उद्देश्य भन्नु नै विद्यार्थीलाई देश विकासका लागि सहयोग गर्नु हो । यसर्थ हामी राष्ट्र निर्माण तथा विकासका लागि उपयोगी कोर्षहरुसमेत प्रदान गर्दै आइरहेका छौँ ।’

...

मंगलबार, २ माघ ०७४

प्रतिक्रिया

Related