जगदम्बा स्टील्सद्वारा सतुंगलमा टेक्निकल मिट आयोजना, उत्पादनसम्बन्धी प्राविधिक जानकारी

८ एमएम देखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्नसकिने
निर्माण सञ्चार, काठमाडौँ | शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा शिद्धता प्राप्त गरेको छ ।

उत्पादनसम्बन्धी प्राविधिक जानकारी उपलब्ध गराउने सोचकासाथ कम्पनीले हाल विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको छ ।

सोहीक्रममा कम्पनीले सतुंगलमा पुस २१ गते चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको उपस्थितीमा टेक्निकल मिट सम्पन्न गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो ।

उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य फलामे डन्डीका तुलनामा फरक रहेको कम्पनीले बताएको छ ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने ‘एफई ५००डी ग्रेडको राइनो स्टिल फलामे डण्डीमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरिएको छ । यसले गर्दा फलामे डन्डीलाई उच्च शक्ति र डक्टिलिटी प्राप्त हुन्छ ।’

यसमा रहेको डक्टिलिटी र शक्तिका कारण राइनो ५००डी फलामे डन्डी उच्च सेस्मिक (भूकम्पीय) जोखिम सहितको नेपालमा प्रयोगका लागि उपयुक्त भएको कम्पनीेले जनाएको छ ।

यसले भूकम्पीय जोखिम न्यूनिकरण गर्नुकासाथै भुकम्प प्रतिरोधी सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार राइनो ५००डी फलामे डन्डी नेपाल भरका एक्स्क्लुसिभ विक्रि केन्द्रमार्फत ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ ।

साथै, उपभोक्ताको माग तथा योजनाअनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि फलामे डन्डी उपलब्ध गराउने गरेको छ ।

फेब्रिकेसनका क्रममा फलामे डन्डी खेर नजाओस् भन्ने सोचकासाथ कम्पनीले यसलाई १२ मिटरको स्थिर लम्बाइमा उपलब्ध गराउने गरेको छ ।

उपभोक्ताले आफ्नो आवश्यता अनुसार ८ एमएमदेखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

...

 बिहिबार, ४ माघ ०७४ 

प्रतिक्रिया

Related