स्थानीय विकासमा जुटे अधिकारी, दशकौं पछि बल्ल उद्घाटन भयो इदी–कुस्कु डाँडा मोटर बाटो

निर्माण सञ्चार, काश्की । झन्डै डेढ दशक अघिदेखि बनाउने भन्ने तर काम नगर्ने हुँदै रोकिएको इदी तारकाँङ धाम्लुङ हरेस्वाँरा कुस्कु डाँडा मोटरबाटोको उद्घाटन भएको छ ।

काश्की क्षेत्र नम्बर–१ बाट निर्वाचित भएलगत्तै माननीय खगराज अधिकारीले सो मोटरबाटोको उद्घाटन गरेका हुन् । उद्घाटन पछि स्थानीयबासीहरु अत्यन्तै खुसी भएका थिए ।

उनीहरुले दशकौंदेखि बाटो बनाउने भनी ढाँट्दै आएका कारण आफूहरुको मोटरबाटोको सपना समेत पूरा नभएकोे तर अब पूरा हुने प्रतिक्रिया दिएका छन् ।

पूर्व स्थास्थ्यमन्त्री समेत रहेको माननीय अधिकारीको पहलमा विगतमा भएजस्तो कमजोरी हुन नदिने गरी उक्त मोटरबाटोको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘जनताको जीवनस्तर बदल्ने पहिलो सर्त नै बाटो र ऊर्जा हो । बाटोका नाउँमा विगतमा जेजस्ता बजेट सिद्ध्याउने तर काम नहुने रोग देखियो, अब त्यो हुने छैन । हामी सबैले कामका लागि खबरदारी गरौं । अब यो बाटोले आफ्नो जीवन पाएको छ ।’

स्थानीयबासीलाई धन्यावद दिदै अधिकारीले आफ्नो क्षेत्रको विकासका लागि जुनसुकै भूमिका खेल्न आफू तयार रहेको बताए ।

तारकाँङ धाम्लुङ हरेस्वाँरा कुस्कु डाँडा मोटरबाटोको उद्घाटन गर्दै स्थानीय सहित सांसद् अधिकारी 

लामो समयदेखि स्थानीय सडक नहुँदा यहाँको कृषकले बाटो अभावमा दुख पाएका थिए भने पोखरा जस्तो पर्यटकीय महानगरसँग जोडिएका गाउँमा बाटो नहुनुको लाज पनि आफ्नै ठाउँमा थियो ।

इदी तारकान्गा घुमुनुगा हरस्वारा कुसुडाँडा मोटर बाटो बन्दा सो क्षेत्रका झन्डै लाख बढी जनताहरु लाभान्वित हुने देखिन्छ ।

जनताको लामो समयदेखिको धोको पूरा भएको भन्दै उद्घाटनमा सरिक जनमानसले दीगो विकासका लागि आफ्नो प्रतिनिधिको साथ पाएको भन्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

...

बिहीबार, ४ माघ, ०७४

 

प्रतिक्रिया

Related