जेसिबीका हेभी उपकरण बिग्रदोक्रम बढ्दो, प्राविधिक सहयोग नदिएर दुख दिएको व्यवसायीको गुनासो

जेसिबीका हेभी उपकरणहरु बिक्री गरेको वर्षदिन नबित्दै बिग्रन थालेपछि देशैभरबाट गुनासो बढिरहेको छ, यसप्रति बिक्रेता कम्पनीको ध्यान जान आवश्यक छ
निर्माण सञ्चार, काठमाडौँ | नेपालका लागि JCB India को आधिकारिक विक्रेता MAW Earthmovers pvt.ltd धोबिघाट ललितपुरको शाखा सुर्खेतले बेचेका मेशिनमा वर्षदिन नपुग्दै विभिन्न किसिमका समस्या आएको व्यवसायीहरुको गुनासो छ ।

नेपालको ८० प्रतिशतभन्दा बढी मेशीन विक्रिवितरण गर्दै आएको उक्त कम्पनीले महिनामै दर्जौनौ मेसिन बेच्दै आएको छ ।

तर, उक्त मेशिन भने लामो समयसम्म टिकाउ नभएको र मेशिनमा आएका त्यस्ता समस्याबारे सुझाउँदा पनि कम्पनीले वास्ता नगरेको व्यवसायीको आरोप छ ।

मेसिन खरिद गरेको एक वर्ष नपुग्दै मोबिल गेजबाट मोबिल लिकेजको समस्या आएको सुर्खेतका निर्माण व्यवसायी ओमप्रकाश तीवारिले बताए ।

उनले भने ‘सो विषयमा पटकपटक कम्पनीलाई ताकेता गर्दापनि कम्पनीले व्यवसायिहरुको कुरा नसुनि व्यवसायिहरुमाथि कुठाराघाट गर्न खोजिरहेको छ ।’

आवश्यक परेको बखत प्राविधिक माग्दा समेत कम्पनीले वेवास्ता गरेपछि कम्पनीको सटर नै लगाइदिएर विरोध गरेको तिवारीले निर्माण सञ्चारलाई बताए ।

उनले भने ‘मेसिन विग्रीएको ५ दिन भइसकेको छ, कम्पनीलाई पटकपटक आग्रह गर्दापनि अटेर गरेपछि आफ्नो मेसिन नै कम्पनी अगाडि राखिदिएको छु ।’

दक्ष प्राविधिकसहितको सेवा दिन नसक्दा कम्पनी नै बन्द गराइएको उनको दाबी छ ।

यता सुर्खेत निर्माण व्यवसायी संघका अध्यक्ष मदन खड्काले भने जेसिबि विक्रेता कम्पनीले मेसिन विक्रिमा लापर्वाही गरीरहेको बताए ।

‘यस क्षेत्रमा थुप्रै मेसिनहरु विग्रिएका छन्’ उनले भने ‘सो समस्यासहित निवेदन लिएर दैनिक व्यवसायीहरु आउँने गरेकाछन् ।’

कम्पनीलाई यस विषयमा पटकपटक सुझाएको भन्दै अध्यक्ष खड्काले व्यवसायीको गुनासो सम्बन्धीत निकायसम्म पुराएको बताए ।

मेसिन समस्यामा कम्पनीले गरेको लापर्वाहीप्रति नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ समेत असन्तुष्ट रहेको महासंघ सचिव महेशराज पौडेलले निर्माण सञ्चारलाई जानकारी गराए ।

सोही विषयमा छलफलका लागि MAW Earthmovers pvt.ltd विक्रेतालाई बोलाइए पनि समयमा नआएको उनको भनाइ छ ।

कम्पनीले मेसिनमा आएको समस्या चाडै समाधान गछौँ भनेता पनि लामोसमयसम्म कम्पनीले आलटाल गर्दा व्यवसायीका मेसिन अलपत्र परेको उनको दाबी छ ।

यता कम्पनीले भने पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बलियो बन्दै गएको बताएको छ ।

कम्पनीका अनुसार उत्कृष्ट काम गर्दै आएको कारण नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको छ ।

देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर रहेको कम्पनीको दाबी छ ।

जेसीबीले विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको कम्पनीको भनाइ छ ।

हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका धेरैजसो पदाधिकारीहरुको चर्काे गुनासो यो छ कि, जेसिबीका हेभी उपकरणहरु बिक्री गरेको वर्षदिन नबित्दै बिग्रन थालेपछि बिक्रेता कम्पनीले आफ्नो बोलीलाई व्यवहारमा उतार्न आवश्यक रहेको सुझाव दिएका छन् ।

बिक्री गर्ने बेलामा जस्तो पनि सर्भिस दिने भन्ने तर बिग्रेपछि मर्मत सम्भारका लागि पटक पटक बोलाउँदा पनि नआउने हो भने व्यवसायीले पनि समय अनुसार चल्नै पर्ने बताउँछन् उनीहरु ।

सुर्खेतस्थित जेसिबिको विक्रेता सोरुम अगाडि विरोधस्वरुप व्यवसायीले राखेका ब्याक्हो लोडर

 

 

...

बुधबार ३ माघ ०७४ 

प्रतिक्रिया

Related