जेसिबी र एफहिन पदाधिकारीबीच उच्च वार्ता, टेक्निसियन अभाव हटाउँदै समयमै सेवा दिने प्रतिबद्धता

जेसिबीले लियो उच्च सतर्कता, देशैभरका आफ्ना क्लाइन्ट प्रति नयाँ रणनीति लिने तयारी
निर्माण सञ्चार, काठमाडौँ | पछिल्लो समयमा नेपालका लागि JCB India को आधिकारिक विक्रेता MAW Earthmovers pvt.ltd ले बेचेका मेशिनमा विभिन्न किसिमका समस्या आएको व्यवसायीहरुको गुनासो बढिरहेको छ ।

यता विक्रेता कम्पनी MAW Earthmovers pvt.ltd ले भने हेभि इक्विप्मेन्टमा ३०० भन्दा बढी पाट्स हुने र काम गर्दा पाट्समा समस्या आइरहने हुँदा ती पाट्सहरु विग्रनसाथ उपलब्ध गराउन नसकिएको बताएको छ ।

यसका साथै सर्भिस इन्जिनियर्सहरुको कमि हुँदा व्यवसायीले आह्वान गरेकै समयमा उपस्थिति गराउन नसकिएको कम्पनीको दाबी छ । आफूसँग भएका सर्भिस इन्जिनिएर जिल्लाजिल्लामा पुर्याएर व्यवसायीलाई सेवा दिइएको बताउँदै कम्पनीले इन्जिनिएरहरुलाई अझै दक्ष बनाउन जिल्ला ट्रेनिङ म्यानेजर समेत राखिएको बतायो ।

मेशिनका जुनसुकै पाट्स इन्डियादेखि झिकाउनुपर्ने र भनेकै समयमा झिकाउन असहज हुँदा व्यवसायीलाई ७२ घण्टापछि सेवा उपलब्ध गराउनेगरी कम्पनीले प्रतिवद्धता गरेको निर्माण सञ्चारलाई बताएको छ ।

नेपालको झन्डै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको जेसिबिले महिनामै दर्जौनौ मेसिन बेच्दै आएको छ ।

तर, उक्त मेशिन भने लामो समयसम्म टिकाउ नभएको र मेशिनमा आएका त्यस्ता समस्याबारे सुझाउँदा पनि कम्पनीले वास्ता नगरेको व्यवसायीको आरोप लगाउँदै आएका छन् ।

मेसिन खरिद गरेको एक वर्ष नपुग्दै मोबिल गेजबाट मोबिल लिकेजको समस्या आएपछि प्राविधिक सहयोग उपलब्ध नगराएको भन्दै सुर्खेतका हेभी इक्विप्मेन्ट व्यवसायीहरुले जेसीबीको सुर्खेत शाखा नै बन्द गराएका छन् ।

निर्माण सञ्चारसँग कुरा गर्दै व्यवसायी ओमप्रकाश तिवारीले हेभी इक्विप्मेन्ट व्यवसायीको यस्तो समस्या सुर्खेतको मात्र नभएर धनगढी, कास्की लगायत सुदुरपश्चिमका अन्य जिल्लामा पनि भएको बताए ।

यता, कास्की हेभी इक्विप्मेन्ट व्यवसायी संघका अध्यक्ष लिलामोहन कुइँकेलले पनि जेसिबिले व्यवसायीको समस्याप्रति खासै संवेदनशील नभएको बताए ।

यसरी हेभी इक्विप्मेन्ट व्यवसायीहरुको चर्को गुनासो बढेपछि शुक्रबार (माघ ५) राजधानीमा नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ (एफहीन) र मोरङ अटो अर्थमुभर्स (जेसिबि) का उच्च पदाधिकारीकाबीचमा भेटवार्ता भएको छ ।

निर्माण सञ्चारसँगको कुराकानीमा एफहीनका महासचिव उमाकान्त शर्माले एफहीन र जेसिबिकाबीचमा तत्काल देखिएको समस्या समाधान गर्ने सहमति भएको बताए ।

साथै उक्त भेटवार्तामा जेसिबिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारले टेक्निसियन अभाव हटाउँदै व्यवसायीलाई समयमै सेवा दिने प्रतिबद्धता गरेको महासचिव शर्माले जानकारी गराए ।

यसका साथै सर्भिस इन्जिनियर विवेकसहितको तीन जनाको टोली शुक्रबार नै सुर्खेतको समस्या समाधान गर्नका लागि सुर्खेत प्रस्थान गरिसकेको समेत कम्पनीले जनाएको छ ।


पढौँ यो पनि

जेसिबीका हेभी उपकरण बिग्रदोक्रम बढ्दो, प्राविधिक सहयोग नदिएर दुख दिएको व्यवसायीको गुनासो

...

शुक्रबार, ५ माघ ०७४ 

 

प्रतिक्रिया

Related