५५ लाख लागतमा डोल्पा जिल्ला अस्पातलमा डिजिटल एक्सरेमेसिन खरिद गरिँदै

जुम्ला प्रतिष्ठान डोल्पाली जनताको सेवाका नाममा बाधक
निर्माण सञ्चार, डोल्पा | जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ ।

ठूलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो ।

ठूलीभेरि नगरपालिकाले २० लाख विनियोजन गरिसकेको छ ।

त्यस्तै, त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसमा लाग्ने बाँकी रकम तत्काल दुबै नगरकार्य समितिको बैठक बसि टुङ्याउने त्रिपूरा सुन्दरी नगरापलिकाका प्रमुख ओम बहादुर बुढाले जानकारि दिए ।

उनले जनताको लागि सेवा र सुविधा नजिकै हुन्छ भने जनताको रुपियाँ जनताका लागि नै खर्च गर्नुपर्ने र स्वास्थ्य जस्तो अति महत्वपूर्ण कुरामा लगानि गर्नु सकारात्मक कुरा भएको बताए ।

हाल १५ सैयामा सञ्चालित जिल्ला अस्पतालमा डिजीटल एक्सरे मेसिन राखिए डोल्पा जिल्लाका ८० प्रतिशत जनता लाभान्वीत हुनेछन् ।

आर्थिक अवस्था कमजोर भएका जनताले शहरको महँगो उपचार गर्न जान नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रणलाल कुलाले बताए ।

उनले भने ‘स्थानीय तहको सहयोगमा डिजीटल एक्सरे मेसिन राखे धेरैजसो चेकजाँच जिल्ला अस्पातलमा नै हुने भएकाले डोल्पाली जनताले राहतको महसुस गर्ने पनि बताए ।‘

गैरसकारी संस्थाको काम केही प्रभावकारी

स्वास्थ्य क्षेत्रमा गैरसकारी संस्थाले केही प्रभावकारी काम गरेका छन् । जसअनुसार नेपाल रेडक्रस सोसाइटिले खानेपानि र सरसफाइसम्बन्धी काम गरेको छ ।

पानीको पहुँच नभएका जिल्लाका लावन, रहलगायतका विभिन्न साविकका बस्तिहरुमा खानेपानिका काम गरेको छ । जसबाट जनताहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

जिल्ला अस्पतालमा इन्सुनेटर निर्माण गरेको छ ।

करिव ३ लाखको लागतमा जिल्ला अस्पतालको प्राङ्गणमा उक्त इन्सुनेटरको निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाका संयोजक टेकम ओलीले जानकारि दिए । त्यसरि निर्माण गरिएको खाडलमा सालहरु राखिने र संक्रमणबाट बच्न सकिने पनि ओलीले बताए ।

एसएनभि नेपालले पनि सुरक्षित खानेपानि, स्वास्थ्यचौकी र सौर्य उर्जाको काम गरिरहेको छ । जिल्ला स्वास्थ्य क्लष्टर बैठकमा उक्त विषयमा जानकारि गराइएको थियो ।

त्यसैगरी जिल्लामा स्वास्थ्य र खानेपानिसम्बन्धी आरआरएन डोल्पाले पनि काम गरेको बताएको छ ।

सामुदायिक विकास कार्यक्रम सिडिपिले पनि जिल्लाका करिव ११ वटा साविकका गाविसहरुमा स्वास्थ्य लागयत खानेपानिका विभिन्न क्षेत्रमा काम गरेको छ ।

साथै जनता प्रत्यक्ष लाभाविन्त भएको जानकारि उक्त बैठकमा आरआरएन डोल्पाका संयोजक छविलाल तामाङले जानकारि दिएका थिए ।

उनले भने ‘अब कुनै पनि काम गर्दा स्थानीय सरकारको मातहतमा गरिने संस्थाले मात्रै चाहेर नहुने बताए । डोल्पा जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्थानीय सरकार नै मुख्य जिम्मेवार हुने सबैको सुझाब रहेको छ ।

 जनताको सेवा गर्ने कर्मचारीलाई कामअनुसारको दाम

स्थानीयतहमा जनताको लागि सरकारको नुन खाएर काम गर्ने कर्मचारिहरुलाइ भत्ताको व्यवस्था समेत गर्ने भएको छ ।

काम गर्नेलाइ दाम र काम नगर्नेलाइ सजाय हुने बताइएको छ । डोल्पा जिल्लाका सबै स्थानीय तहमा आवश्यक पर्ने औषधिहरु तत्काल खरिद गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मार्फत् नेपाल सरकारको अनुदान १ लाख २० हजार सहित स्थानीयतहले बिनियोजन गरेको अनुदान तत्काल ओषधि खरिद गरी जनतालाई वितरण गर्न स्थानीय निकायका प्रमूख र जिल्ला समन्वय समितिका संयोजक शेर बुढाले निर्देशन गरेका छन् ।

जिल्लामा खरिद भएर आएको औषधिको स्थानीय तहसम्म लैजाने ढुवानी भाडा स्थानीयह तहले व्होर्ने र अन्य अनुदान जनस्वास्थ्यले दिने भएको छ ।

स्थानिय तहमा औषधि खरिद गर्दा जनप्रतिनिधिलाई जानकारि नगराई खरिद गर्न नपाएने त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमुख ओम बहादुर बुढाले बताए ।

उनले भने ‘जनताका लागि काम गर, दैनिक भत्ताको व्यवस्था म गर्छु ।’ काम नगरी जनताका नाममा ठगि गर्नेलाई कारवाहि गर्ने समेत चेतावनी उनले चेतावनी दिएका छन् ।

जुम्ला प्रतिष्ठान डोल्पाली जनताको बाधक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डोल्पा जनताका लागि सेवादायिक नभएर बाधक भएको निष्कर्ष निस्कीएको छ ।

बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहयोग गर्नको लागि जिल्ला अस्पताल डोल्पामा प्रवेश गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय सेवाका नाममा बाधक बनेको छ ।

दर्जनौ कर्मचारिसहित जिल्लामा आएको प्रष्ठिानले पछिल्ला तिन बर्षमा जनताको लागि प्रभाबकारि काम नगरेको सेवाग्राहीको गुनासो रहेको छ ।

सेवाग्राही भन्छन् ‘शिबिरको जस्तो मात्र जिल्लामा कर्मचारिहरु आउँछन् उपचार भनेजस्तो पाएका छैनौँ ।’ सरकारले दिने सेवा पनि कटौती गर्दै सेवा दिन होइन सेवा खोसेको काष्टले जनताको गुनासो छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डोल्पालीहरुको स्वास्थ्य सेवा र सरकारी अनुदान कटौति गरेको आरोप रहेको छ ।

नियमित कर्मचारि र आवश्यक प्राविधिक प्रर्वाधारसहित सेवा नियमित गर्न लागउने जिल्लाका सरोकारवाला निकायको भनाइ रहेको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

आइतबार, ६ माघ ०७४ 

प्रतिक्रिया

Related