मृत्यु भएका नेपालीकामदारका परिवारलाई कुवेतले पठायो १० करोड क्षतिपूर्ती

नेपाली दूतावासको लामो कानुनी लँडाइपछि दुई चरणमा पठाइयो क्षतिपूर्ती
निर्माण सञ्चार, काठमाडौँ | रोजगारका लागि कुवेत पुगेका नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट करिब १० करोडबराबरको क्षतिपूर्ति पाएका छन् ।

कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको क्षतिपूर्तिबापतको १० करोड रुपियाँ विभिन्न कारणले रोकिएको थियो ।

सो रकम हाल राजदूतावासको पहलमा कुवेती दूतावासले कानूनी प्रक्रिया पूरा गरेर नेपाल पठाइसकेको छ ।

कामदाको मृत्यु भएको लामो समयपछि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपियाँ नेपाल पठाएको छ ।

दूतावासले कुवेतमा मृत्यु भएका नेपाली कामदारले कानुनी रूपमा पाउनुपर्ने सेवा सुविधावापतको उक्त रकम लामो कानुनी प्रक्रियापछि २ चरणमा गरेर नेपाल फिर्ता पठाएका हो ।

स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनुपर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाँकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपियाँ नेपाल पठाएको दूतावासले जनाएको छ ।

त्यस रकम हाल परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ । नेपाली दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपियाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको बताइएको छ ।

नेपाली दूतावास कुवेतका अनुसार एक वर्षअघि पनि ५ करोड २६ लाख रुपियाँ पठाइएको छ ।

४२ मृतक कामदारका मार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपियाँ रोजगारदाताले फिर्ता दिएका हुन् ।

लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा हाल रोजगारदाताबाट भराउँदै आएको छ ।

 कुन अवधिमा कति रकम ?

सन् २०१६ सम्म ५ करोड ५ लाख ४९ हजार ७ सय ७१ ,२०१७ सम्म पाउनुपर्ने ५ करोड २६ लाख ४३ हजार ९८३ रुपियाँ दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

साथै २ सय दिरामभन्दा कम पाउने कामदारको एकमुष्ट लगभग २० लाख रुपियाँ पनि पठाएको छ ।

सो क्षतिपूर्ति पाउनेमध्येमा ४ जना महिला रहेका छन् ।

रोजगारदाता मुलुकका राजदूतावासले कामदारको नाममा पठाएको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइ तत्कालै वितरण गरिँदै आएको परराष्ट्र मन्त्रालयमा प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

‘मृतक कामदारको नाममा आएको क्षतिपूर्ति रकम कानुनी प्रक्रियापुर्याएर मृतकका हकवालालाई दिने गरिएको छ, ‘प्रवक्ता पौडेलले भने, क्षतिपूर्ति रकम लिन कामदारको परिवारका सदस्य मन्त्रालय आइरहनु पर्दैन ।’

यता कुवेत दूतावासले भने कामदारको नाम र प्राप्त भएको रकम नै किटान गरेर परराष्ट्र मन्त्रालयमा पठाउने गरेको छ ।

मन्त्रालयका अनुसार विदेशस्थित नियोगहरूबाट परराष्ट्र मार्फत प्राप्त हुने क्षतिपूर्ति लगायतका अन्य रकमहरू सम्बन्धित व्यक्ति वा निजका नजिकको कानूनी हकदारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरिन्छ ।

...

आइतबार, ६ माघ ०७४

प्रतिक्रिया

Related