पाइने भयो जुनसुकै बैंकबाट पैसा !

खाता खोलिएकै बैंकको शाखामा जानुनपर्ने राष्ट्र बैंकको निर्णय
निर्माण सञ्चार, काठमाडौँ | जुन बैंकमा खाता खोलिएको भएपनि आफ्नो पैसा जम्मा गर्न र झिक्न अब अन्य सबै बैंकबाट मिल्ने भएको छ ।

जुन बैंकमा खाता खोलिएको हो सोही बैंकको शाखामा जानुपर्ने बाध्यता हट्ने भएको हो ।

आफू नजिकै भएको वा आफूलाई सहज हुने अर्को कुनै बैंकको शाखामार्फत् पनि आफ्नो खातामा पैसा जम्मा गर्न पाइने व्यवस्था लागू गर्न नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन गरेको छ ।

आइतबार राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट आफ्नो खातामा नगद जम्मा हुनेगरी एनसिएचएल आइपिएस प्रणाली कार्यान्वयन गर्नुपर्नेछ ।’

विद्यमान सीमाभित्रकै सुरक्षा प्रणाली अपनाएर यसरी नगद जम्मा गर्न सकिने भएको हो । बैंकहरुले ग्राहकको पहिचान तथा पुष्टि हुनसक्ने विवरण हालको व्यवस्थाअनुसार नै राख्नुपर्ने राष्ट्र बैंकको दाबी छ ।

केके हुन्छ आवश्यक

एक लाखभन्दा बढी जम्मा गर्दा जम्मा गर्नेको परिचयपत्रको प्रतिलिपी र प्रयोजन खुलेको हुनुपर्नेछ ।

यसैगरी, भौचरमा खाता रहेको बैंकको नाम, शाखा, खाता नम्वर, खातावालाको नाम, जम्मा गर्ने व्यक्तिको नाम र रकमको विवरण उल्लेख हुनुपर्ने बताइएको छ ।

यसरी जम्मा भएको रकमको निस्सा हालजसैगरी बैंकहरुले दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ । अर्को बैंकबाट रकम जम्मा गर्दा लाग्नसक्ने शुल्कबारे पहिले नै ग्राहकलाई जानकारी गराउनुपर्ने बताइएको छ ।

सो शुल्कबारे भने बैंकहरुलाई नै अधिकार दिइएको राष्ट्र बैंकले बताएको छ ।

...

सोमबार ८ माघ ०७४ 

प्रतिक्रिया

Related