सनराइज बैंकद्वारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ ।

यस सुविधाअन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायीतवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपियाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिने बैंकको भनाइ छ ।

यस बैंकका निक्षेप ग्राहक मनोज कुमार पोखरेलको दुर्घटनामा परि उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बंंैकको नारायणगढ शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात २,५६,०२८ रुपियाँ बराबरको रकम हस्तान्तरण गरिएको छ ।

उक्त रकम बराबरको चेक बंंैकका नारायणगढ शाखाका प्रबन्धक प्रकाश कस्तीद्धारा मृतकका हकवाला श्रीमती सशिला कुमारी बानियाँलाई प्रदान गरिएको बैंकले बतायो ।

...

मंगलबार ९ माघ ०७४ 

प्रतिक्रिया

Related