आछु... छु... चिसो ! लामो समयपछि जुम्लामा हिमपात, किसानलाई राहत (फोटोफिचर)

हिमपातपछि कर्णालीमा तातो घट्ने विश्वास
निर्माण सञ्चार, जुम्ला | माघ दोस्रो साता लागिसक्दा पनि कर्णालीमा हिमपात नभएपछि हिउँदे बाली सुक्ने किसानहरुमा डर थियो ।

कडा परिश्रम गरी रोपेको बालीबाट उत्पादन नपाउने भन्दै किसानहरु चिन्तीत थिए ।

आकासे हिउँ, पानीको भरमा उत्पादन हुने हिउँदे बालीलाई पुस/माघ हिउँ नपर्नु मरुभुमिमा तिर्खाएको मानिसले पानी नपाई छट्पटाएर मर्नुसरह मानिन्छ ।

तर, ढिलै भएपनि कहिले हिमपात होला र हिउँदे बालीनाली सप्रिएला भनि हिउँ कुरिरहेका कर्णालीका किसानलाई मंगलबार राती परेको हिमपातले राहत दिलाएको छ ।

यस वर्ष हालसम्म हिउँ नपरेपछि हिउँदे बाली सुक्ने भन्दै निरास भएका किसानहरु एक्कासी हिमपात भएपछि खुसी भएका छन् ।

लेकमा रोपेको गौँ, जौँ, फापरलगायत अरु बाली सुक्न लागेको थियो । तातोपानी २ का स्थानीय कृषक रवि बुढाले भने ‘अब बालीलाई थोरै भएपनि खुराक मिलेको छ ।’ बाली सप्रिने भन्दै हिउँ परेकोमा उनले खुसी व्यक्त गरे ।

यसअघि पुसको पहिलो हप्ता हिमपात भईहाल्थ्यो आफ्नो अनुभव सुनाउदै बुढाले थपे यस वर्ष भने हिउँपानी पर्ने कुनै ठेगान नहुँदा उत्पादनमा पनि निकै ह्रास आएको छ र समयै हिउँपानी परे हालेको मलले पनिका गरी उत्पादन बढ्थ्यो ।

तर मल हालको एक महिना पछि हिमपात हुँदा उत्पादन भएपनि सोचे जस्तै नहुने उनको भनाई छ ।

हाल परेको हिँउले बाली नाली सप्रिन मद्दत गर्ने भन्दै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृृत चन्द्र बहादुर बुढाले किसानहरुले यसको बहुउपयोग गर्नसके फाईदा हुने बताए ।

 स्याउ बगैँचामा सिचाईको राहत

यता स्याउ बगैचा व्यवस्थापनका लागि पनि हाल परेको हिमपातले राहात पुराउने स्याउ कृषक विष्ण अधिकारीले बताए ।

नयाँ स्याउका विरुवाहरुमा खाल्डो बनाइ हिँउका डल्लाहरु हाल्ने गरेमा पछिसम्म पनि काम गर्ने भएकाले निकै राहत हुने उनको भनाई छ ।

तर पनि हाल परेको हिउँले सुक्न लागेको बालीलाई उठाउन सहयोग गर्ने र स्याउ बगैचाहरुमा थोरै भएपनि सिचाई गर्न सहज हुने उनको भनाइ छ ।

जुम्लामा रहेका १८ हजार बढि घरधुरी मध्य झण्डै १६ हजार घरधुरी स्याउ खेतीको पहुँमा रहेको जिल्ला कृषि विकास कार्यालयल बताएको छ ।

हिमपातपछि कर्णालीमा तातो घट्ने

कर्णालीमा हिउँदयाम शुरु हुनासाथ नै कहिले हिउँ र तातो घट्ला भन्ने कुरा सबैको मुख मुखमा हुन्छ ।

पुस/माघको कठयांग्रिदो चिसोले कहिले हिउँ पर्ला भनि कर्णाली बासीलाई आतुर हुन्छ ।

यसवर्ष अहिलेसम्म हिँउ नपरेपछि गत वर्षको तुलनामा निकै चिसो बढेको थियो । तर, मंगलबार राती परेको हिमपातसंगै अब कर्णालीमा तातो घट्ने विश्वास गरिएको छ ।

हिउँ परिसकेपछि तातो नघटे पनि जनविश्वासकै कारण हिउँ परिसकेपछिको समयमा सबैले तातो महसुश गर्ने स्थानीय बुद्धिजीवि गौरीनन्द आर्चायले बताए ।

हिउँदको समय जति चाडो हिउँ पर्यो त्यति नै सबै कुरामा सुधार हुने उनको अनुभव छ । जसअन्तर्गत हिउँदेबाली सप्रिनेदेखि तातो हुने, बालबालिका बृद्धबृद्धाहरु चिसोबाट धेरै प्रभावित हुन नपाउने उनको भनाइ छ ।

अहिले कर्णाली भएको हिमपताले निकै राहात दिलाएको छ । हावापानी फिल्ड कार्यालयका अनुसार लेकमा एक फिट र सदरमुकाममा ६/७ ईन्च हिँउ परेको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार १० माघ ०७४

प्रतिक्रिया

Related