श्रमिकबाटै श्रमिक ठगिए, २५ जना ७ महिनादेखि साउदी अरबमा बन्धक

आफ्नो बचाउ गर्दै प्रिन्स इन्टरनेसन, श्रम विभागले दिएन उचित ध्यान
निमार्ण सञ्चार, काठमाडौँ । वैदेशिक रोजगारीका लागि भनेर श्रमिकद्वारा साउदी अरब पुर्याइएका २५ श्रमिक युवालाई ७ महिनादेखि एउटै कोठामा थुनेर राखिएको छ ।

बन्धनमा पर्ने युवा श्रमिकहरु आदिवासी जनजातिको अल्पसंख्यक झाँगड (उराव) समुदायका २३ र अन्य दुईजना छन् ।

सबै युवा श्रमिकहरु २० देखि ३८ वर्ष उमेर समूहका छन् । उनीहरु असार २० गते साउदी अरब पुर्याएका हुन् ।

यसरी पुगे २५ जना युवा श्रमिक साउदी अरब

उनीहरु श्रमको लागि साउदी पुर्याउने प्रक्रियामा काठमाडौंको प्रिन्स इन्टरनेसनल इक्वामेन्ट मेनपावरले गरेको छ ।

तर, निर्माण सञ्चारसँगकाे टेलिफाेन कुराकानीमा प्रिन्स इन्टरनेसनल इक्वामेन्टका अध्यक्ष मानबहादुर कुवरले युवाहरुलाई मेनपावरसँग सम्पर्क गराउने र साउदीसम्म पुर्याउिने एजेन्टको काम भोक्राहा ४ का चन्द्रदेव उराव र सिरहाका प्रमोद उरावले गरेका हुन् मैले त प्रमोद उराउलाई चिनजानको आधारमा श्रम विभागसम्म पुग्ने प्रक्रियामात्र खुलाइदिएको हो भनेर आफू पन्छिने कुरा गरे ।

कहाँ छन त थुनामा परेका श्रमिक

साउदी अरबकाे मोसासा कम्पनीमा भवन निर्माणको काम गर्न लगिएका मोरङ, सुनसरी र सिरहाका २५ युवालाई साउदी अरबको रियादस्थित लगिएको थियो । रियादमा पुर्याएर रोजगारमा नलगाई एउटा घरको कोठामा थुनेर राखिएको छ ।

यी हुन साउदी अरबमा बन्धक भएका २५ जना युवा

श्रमिक सुनसरीको भोक्राहा गाउँपालिका ४ का श्यामदेव उराव, रामलाल उराव, रन्जित उराव, पवन उराव, हेमन्त उराउ, भोक्राहा ६ का कालु उराव, गढी गाउँपालिका ४ का पुष्पलाल उराव, अशोक उराव, दुहवी नगरपालिका ८ का सीताराम उराव, बराह नगरपालिका ८ का उमेश उराव र मोरङको रंगेली नगरपालिका २ का बाबुलाल उराव थुनामा परेका छन् ।

त्यस्तै, सिरहाकै सगमलाल उराव, नवीन उराव, देवकुमार उराव, रन्जित उराव, प्रभात उराव, देवकुमार उराव, सन्जय उराव, प्रमोद उराव, सन्जु उराव, मुनेश्वर उराव, रामकुमार उराव, प्रमेश्वर उराउव, युधिष्ठिर कामत र रामजतन कामतीलाई पनि बन्धक बनाएर राखिएको छ ।

यसाे भन्छन् मेनपावरसँग मिलाेमताे गरी साउदी अरब पुर्याउने चन्द्रदेव र प्रमाेद उराव

मेनपावरसँग मिलोमतो गर्ने चन्द्रदेव उराव र प्रमोद उराव उनीहरुलाई साउदी पुर्यामउने काम गर्ने प्रमोदले २५ जनालाई साउदी अरब पुर्याएर उनीहरुलाई कोठामा थुनेर सम्पर्कविहीन भएका हुन् ।

युवा श्रमिकलाई साउदी पुर्याउउन एजेन्टको भूमिका खेलेका चन्द्रदेवले युवाहरुलाई बन्धक बनाएर नराखिएको दाबी गरेका छन् ।

उनले भने, ‘म पनि उनीहरुसँगै साउदी जान खोजेको थिएँ । तर, मेडिकल फेल भएकाले जान पाइँन ।’ उनले थपे, ‘हामीले साउदीमा ल्याएर काममा लगाएका थियौँ तर, उनीहरुले काम गर्न मानेनन् ।

त्यसपछि, हामीले डेरा खोजेर राखिएको हो ।’ चन्द्रदेवले श्रमिकको कारणले नै त्यहाँ समस्या आएको र नेपाल फर्काउन पहल गर्न सकिने बताउँदै पन्छिएका छन् ।

प्रिन्स इन्टरनेसनल यसरी आफ्नो बचाउ गर्दै

कुँवरले भने, ‘प्रमोद उरावलाई म चिन्छु । उसले नै उसका दाजुभाइ, भिनाजु, जेठान सबै आफन्तलाई लिएर काठमाडौँ आए र साउदी अरब पठाउने प्रक्रियामा सहयोग गर्नुप¥यो भने मैले सहयोग गरेको मात्र हुँ ।’

मानबहादुर कुवरले पन्छिन खोजेपनि साउदी अरब पठाउन मेनपावरको र प्रमोद उराव र चन्द्रदेव उरावको मिलोमतोले यो काम सम्भव भएको देखिन्छ ।

यस कार्यमा मेनपावर कम्पनी र पठाउन गाउँबाट युवा श्रमिक ल्याउने उरावबिच आर्थिक मिलोमतो भएको हुन सक्छ ।

अलपत्र परेका युवालार्इ नेपाल फर्काउन पहल गर्न सम्बन्धित पक्षलाई आग्रह

साउदी अरबमा थुनामा परेका युवाहरुले बारम्बार नेपाल फर्काइदिन आग्रह गरिरहेको तर न एजेन्ट, मेनपावर र सम्बन्धित पक्षले चासो नदिएको दीपेन्द्रले बताए ।

रोजगारीमा लगाइदिने भनेर साउदी पुर्या,इएका युवालाई अहिलेसम्म काम पनि नदिइकन एउटा कोठामा थुनेर राखिएको बताउँदै थुनामा राखिएकालाई नेपाल फर्काउनको लागि पहल गरिदिन उराव संघका केन्द्रीय अध्यक्ष दीपेन्द्रकुमार उरावले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

यातना भोग्दै पीडित

श्रमिक युवा कोठामा थुनेर राखिएकामध्ये श्यामदेवले आफूहरुलाई यातना दिएर राखिएको गुनासो गरे। जेलमा जस्तो एउटै कोठामा लामो समयदेखि बस्दा धेरैजना बिरामी पनि पर्न थालेका छन् ।

घर जाने भनेपछि सबैको राहदानी खोसेका छन् । फिर्ता माग्दा पनि नदिएको र पैसा पनि नभएकोले खान लाउन समस्या हुन थालेको उनले बताएका छन् ।

मासिक एक लाख रुपिँया कमाई हुने भनेर प्रतिव्यक्ति दुई लाख ६५ हजारका दरले रकम लिएको श्यामदेवले बताए ।

आर्थिक अवस्था नाजुक भएकोले ऋण खोजेर साउदी पुगेका तर कोठामा थुनिएर बस्नु परेकोले उनका परिवारमा रुवाबासी चलेको छ ।

परिवारका सदस्यले घर फर्केर आउनु भनेपनि हामी त समस्यामा पर्यौँक नै । परिवारले पनि धेरै पीडा भोग्नुपरेको श्यामदेवले बताए ।

बाहिर निस्किँदा साउदी प्रहरीले दुई पटक पक्राउ गरेर कुटपिटमा परी सिराहाका देवकुमार उरावको कानको जाली नै फुटेको छ ।

सबै प्रक्रिया पूरा गरेर साउदी आएकाहरुको हातमा अहिले राहदानी नहुँदा बाहिर निस्कन नपाएको बताउँदै न्याय माग्ने बाटो पनि थाहा नभएको बताएका छन् ।

यसैगरी, कोठामा कोचिएर बस्नु परेकोले युवा श्रमिकहरु बिरामी पर्न थालेका छन् भने औषधि किन्ने पैसासमेत नभएको श्यामदेवलले बताए ।

उराव संघका केन्द्रीय अध्यक्ष दीपेन्द्रले साउदीमा बन्धक बनाएर राखिएका युवाहरुलाई जसरी भए पनि नेपाल फर्काउने पहल सरकारले गर्नुपर्ने बताएका छन् दीपेन्द्रका अनुसार विदेश पुगेका युवाको हालत सुनेपछि परिवारका सदस्यले बालबालिका छोराछोरी र परिवारका सदस्यको विजोग भएको भन्दै जीवितै घर आइपुग्ने वातावरण मिलाइदिन आग्रह गरेको बताएका छन् ।

...

बिहीबार ११ माघ ०७४

प्रतिक्रिया

Related