एनएमबि बैंक र मेडिसिटीको सहकार्य: ग्राहकलाई विशेष सुविधा

निर्माण सञ्चार, काठमाडौँ | नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि स्वास्थ्य उपाचारमा विशेष सुविधा दिने भएको छ ।

नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष परार्मशसहित अस्पतालको विभिन्न सेवासुविधामा दश प्रतिशत (१०%) छुट प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

ग्राहकहरुले बैंकको  NMB VISA Debit तथा NMB Credit Card को प्रयोगगरि अस्पतालको अन्तराष्ट्रियस्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचारलगायत विभिन्न सेवा तथा सुविधाहरुमा उक्त विशेष छुट प्राप्त गर्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्न योजनाहरु ल्याएको बैंकले जनाएको छ । हाल यो सम्झौता एक वर्षका लागि गरिएको छ ।

...

शुक्रबार १२ माघ ०७४

प्रतिक्रिया

Related