चक्रपथ सरसफाइ अभियान अब काठमाडौँतिर पनि, २५ औँ हप्ताको भव्य तयारी

कार्यक्रमको प्रमुख उद्देश्य राजधानीबासीलाई आफ्नो घर आफ्नो टोल आफ्नो सडक आफ्नो सभ्याता सिकाउने
निर्माण सञ्चार, काठमाडौँ | वाग्मती सरसफाइ अभियान जस्तै सुरु भएको काठमाडौंको ‘चक्रपथ सरसफाई अभियान’ पनि २५औँ हप्ता पुगेको छ । सोही अवसरमा शनिबार (माघ २० ) अभियानको भावी योजना तथा सम्मान कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवंम् पूर्वप्रधान्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा हुने चक्रपथ सरसफाइ अभियन्ता तथा नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ (हिन)का अध्यक्ष ‘ताराबहादुर कुँवर’ले जानकारी दिए ।

चक्रपथ सरसफाइको उद्देश्यबारे अभियन्ता कुँवर चक्रपथ सरसफाइ पनि अब काठमाडौँ सरसफाइतिर लाग्ने बताउँछन् ।

यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको राजधानीबासीलाई आफ्नो घर आफ्नो टोल आफ्नो सडक आफ्नो सभ्याता सिकाउने रहेको उनले बताए ।

उनले भने ‘राजधानीबासीले आफ्नो टोल, सडक सरसफाइमा ध्यान नदिएपछि यस कार्यक्रममार्फत् हामी उनीहरुलाई आफ्नो घर मात्रै नभएर महानगर नै सरसफाई राख्न सचेत गराउँछौ ।’

यसले गर्दा महानगरमा दिनदिनै बढ्दै गएको प्रदूषण समेत घट्ने उनको दाबी छ । बाग्मती सरसफाइ अभियानले चर्चा पाएसँगै भदौ ३ गतेबाट सो अभियान सुरु भएको थियो ।

आजसम्म यो अभियान पनि निकै चर्चामा आएको छ ।

‘हजुरलाई नमस्ते ट्रेडिङ’का प्रोपाइटर समेत रहेका अभियान्त कुँवरले सरसफाई अभियानमा स्थानियबासी, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राजनीतिकर्मी आदिलाई चक्रपथ सरसफाइमा लगाउन समेत सफल भएका छन् ।

यस सफाई अभियान हरेक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुदैँ आइरहेको छ ।

२५ औँ हप्ताको अवसरपारी भोलि हुने कार्यक्रममा विशेषगरी ‘चक्रपथ सरसफाइ कार्यक्रम’मा सहभागी हुँदा असहज महसुस नहोस् र अगामी कार्यक्रममा सहभागी हुन उत्साहा मिलोस् भनेरै हालसम्म निरन्तर लाग्दै आएका सहयोगीलाई उनले सम्मान कार्यक्रम समेत राखेका छन् ।

कार्यक्रममा स्थानियबासी, पूर्व एआइजी, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राजनीतिकर्मी, युवालगायतको उपस्थिती हुने अभियन्ता कुँवरले जानकारी दिए ।

...

शुक्रबार १२ माघ ०७४

प्रतिक्रिया

Related