सहकारी पत्रकारहरुको अधिवेसन सम्पन्न– सहकार्य गरेर अगाडि बढ्ने

निर्माण सञ्चार, काठमाडौँ | नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को सातौ वार्षिक साधारणसभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ ।

पत्रकार खिलनाथ दाहालको नेतृत्वमा महाधिवेशनले सर्वसम्मतमा नयाँ ७ सदस्यीय चयन गरेको छ । जसमा उपाध्यक्ष काजी श्रेष्ठ, सचिव तुलसी सुवेदी, सह सचिव अर्जुन खतिवडा, कोषध्यक्ष शर्मिला ठकुरी,सदस्य गोविन्द गिरी र नवराज फूयाल चयन भएका छन् ।

सोही समितिले आउँदो बैठकबाट दुईजना मनोनयन गन समाजले जानकारी गराएको छ ।

यस कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले पत्रकारहरुले तथ्यमा रहेको नकारात्मक कुराहरु पनि मिडियामार्फत बहिर ल्याउनुपर्ने बताए ।

साथै त्रिभुवन विश्वविद्य्यालय र काठमाडौ विश्वविद्यालयसँग सहकार्य गरी पाठ्यक्रम बनाउने कार्य अगाडि बढाएको र सहकारीका राष्ट्रिय योगदान सम्बन्धमा आर्थिक सर्वेक्षणसमेत गर्न लागेको पत्रबारहरुलाई जानकारी गराए ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक के.बी उप्रेतीले सहकारीहरुले मिडियालाई सहयोग पुर्याउन नसकेको कारण सहकारी क्षेत्रका समाचार सम्प्रेषण हुन नसकेको समस्याप्रति पत्रकारहरुलाई ध्यानाकर्षण गराउँदै सहकारी अभियान र सञ्चार क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले स्थानीय निकायलाई सहकारीको बारेमा सुसुचित गर्ने कार्यमा भूमिका खेल्न पत्रकारहरुलाइ आग्रह गरे । उक्त सभामा पत्रकारहरुले भने, सहकारीहरुले पत्रकारका आलोचनात्मक धारणहरु स्विकार्न सकेका छैनन् ।

...

आइतबार, १४ माघ ०७४

प्रतिक्रिया

Related