महिन्द्रा टु ह्वीलरको केयर क्लब सेवाद्वारा ‘फ्रि सर्भिसिङ्ग’

विक्रीपछिको गुणस्तरीय एवं जिम्मेवारयुक्त सेवा प्रदान गर्ने लक्ष्य
निर्माण सञ्चार, काठमाडौँ | नेपालको लागि महिन्द्रा टु ह्वीलको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था मिलाएको छ ।

उक्त सुविधा आज (माघ १७) देखि सुचारु गरिएको कम्पनीले बताएको छ । माघ १९ गतेसम्म गरिने फ्रि सर्भिस सामाखुसीको सर्भिस सेन्टरमा गरिने भएको हो ।

साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको कम्पनीको भनाइ छ ।

आफ्ना ग्राहकहरुलाई विक्रीपछिको गुणस्तरीय एवं जिम्मेवारयुक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो ।

यस क्लवमा आवद्ध भएपछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्ने कम्पनीको दाबी छ ।

यसका साथै महत्वपूर्ण पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्ने छ ।

कम्पनीका अुनसार सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ ।

अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२०० रुपियाँ (भ्याट सहित) तिरी विशेष सदस्यता लिन सकिने कम्पनीले जानकारी दियो । यस केयर क्बलले ग्राहक को मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

के हो अग्नि ग्रुप

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

...

बुधबार १७ माघ ०७४   

प्रतिक्रिया

Related