ट्रम्पको नयाँ नीतिले कस्तो असर पर्छ नेपालीलाई अमेरिकामा ?

निर्माण सञ्चार, एजेन्सी । ‘नयाँ अमेरिकावाद’ बोकेर राष्ट्रपति बनेलगत्तै चुनाव अघि घोषणा गरिएका आफ्ना अजेन्डाहरु पूरा गराउने यात्रा– मेक्सिकोमा पर्खाल लगाउनेदेखि विभिन्न अन्य मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प धेरै पटक चुकिसकेका छन् ।

यतिबेला उनले डिभी भिसा बन्द गर्ने र प्रायोजन गरी परिवार सदस्यलाई अमेरिका लैजान पाउने नीतिमा प्रतिबन्ध लगाउन सक्ने गरी नयाँ नीति घोषणा गरेसँगै यसको मारमा नेपालीहरु पनि पर्ने भएका छन् ।

आफ्नो नीतिको अदालतदेखि सर्वत्र आलोचना हुन थालेपछि ट्रम्पले डिभी परेर अमेरिका आउनेहरुलाई सिधै कडाइ गर्न भन्दा पनि घुमाएर कडाइ गर्ने नीति ल्याउन लागेका छन् ।

केही दिन अघि मात्रै राष्ट्रपपति ट्रम्पले स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डिभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने बताए ।

उनको घोषणाले डिभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुलाई समेत छुने भएको छ ।

उनले भनेका छन् । आप्रवासी बनिसकेकाले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका ल्याउने नीति पनि कडाइ गरिने छ ।

उनको यो नीति अनुसार अब श्रीमानरश्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

नेपाललाई पर्ने असर

नेपाल इलेक्ट्रिोनिक्स डिभी भिसा मार्फत् अमेरिका छिर्ने देशहरुमै पहिलो स्थानमा पर्दै आएको छ । हरेक वर्ष ५० हजार बढी डिभी पर्ने रेकर्ड अनुसार नेपालीको संख्या औसतमा वार्षिक ४ हजार वा आसपास रहने गरेको छ ।

अमेरिकी सरकारी आँकडा अनुसार सन् २०१२ देखि १७ को अवधिमा १६ हजार ७ सय ५५ नेपाली डिभी भिसामार्फत् अमेरिका पुगेका छन् ।

उसको रेकर्ड अनुसार सन् २०१७ मा मात्र ३ हजार ४ सय नेपाली डिभी मार्फत् नै अमेरिका पुगेका छन् । त्यति मात्रै होइन, यही आउँदो अवधि सन् २०१९ को डिभी भिसा समेत हजारौंले आवेदन दिएका छन् ।

विधेयक पेस

राष्ट्रपति ट्रम्पले अमेरिकी संसद्मा डिभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ ।

यो विधेयक पारित भयो भने अब डिभी भिसा आवेदन सधैका लागि बन्द हुने विश्लेषक बताउँछन् । यसको प्रत्यक्ष असर नेपाल र नेपालको अर्थतन्त्रमा पर्ने पक्का छ ।

यदि यस्तो भयो भने हातमा कुनै सीप नै नभई चिठ्ठाका भरमा अमेरिका पुग्ने, ग्रिनकार्ड लिएर अमेरिकी सुखभोग गर्ने नेपालीहरुको सपनामा आघात पुग्ने छ ।

 

 

...

बिहीबार, १८ माघ, ०७४

 

प्रतिक्रिया

Related