स्याउ फल्ने जुम्लामा बल्ल भयो ‘बगैँचामा नयाँ व्यवस्थापन’

जुम्लाका १८ हजार घरधुरी मध्ये १६ हजार घरधुरीमा स्याउ बगैँचा
निर्माण सञ्चार, जुम्ला | पुसदेखि फागुन महिनाभित्र स्याउ बगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय भएको जिल्ला कृषि कार्यालयले बताएको छ ।

यति बेला जुम्लाका स्याउ कृषकहरु स्याउका नयाँ विरुवा रोप्ने, काँटछाँट गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउने, विरुवालाई मल खात गर्ने र सिँचाइ गर्ने बेला हो ।

यसरी स्याउ बगैँचाको हेरविचार र व्यवस्थापन गरेको खण्डमा भदौ असोजमा विरुवाले राम्रो फल उत्पादन दिने कृषि प्राविधिक लछिराम महतले बताए । उनले भने ‘उत्पादित स्याउ संकलनपछि स्याउको विरुवा सुस्त हुन्छ ।’

यो भनेको अर्काे बर्ष उत्पादन गर्नको लागि विरुवाले गर्भधारण गर्ने समय हो । हाल जुम्लामा सबै काम छोेडेर स्याउ बगैँचा व्यवस्थापन कार्य तिब्र रुपमा चलिरहेको छ ।

चन्दननाथ नगरपालिका २ का स्याउ किसान शेरबहादुर भण्डारीले यो समय नै मल खात दिने समय हो, काँटछाँट गर्ने समय पनि हो, यो समयमा विरुवा सुस्त हने बताए ।

विरुवालाई काँटछाँट गर्दा पनि विरुवालई असर नपर्ने भएकोले विरुवा काट्छाट्को उपयुक्त समय हो ।

कृषक भण्डारीले भने, ‘रङले भरिपूर्ण, उत्पादनमा वृद्धि र गुणस्तरीय स्याउ फलाउनको लागि बगैँचा व्यवस्थापन गर्न जरुरी हुन्छ ।

यसकासाथै विरुवाको वरिपरि एक मिटर गोलो रिङ्ग बनाएर मल र पानी सिँचाइ गर्ने सकेमा परिश्रम अनुसारको उत्पादन हुन्छ । यसले गर्दा “ए” र “बी” ग्रेडको स्याउ धेरै उत्पादन हुन्छ ।

यसले किसानको आम्दानीमा वृद्धि हुने र उत्पादित स्याउले पनि बजारमा मुल्य राम्रो पाउने सम्भावना रहेको किसान भण्डारीको भनाई छ ।

जुम्लाका १८ हजार घरधुरी मध्य १६ हजार घरधुरीमा स्याउ बगैचा छन् जो अहिले अरु काम छोडर दैनिक बगैँचा व्यवस्थामा लागि परेका छन् ।

जुम्लामा स्याउ आत्मनिर्भर बन्दै वर्षेनि करोडौ आम्दानी हुदाँ स्याउ खेती प्रति किसानको आकर्षण बढ्दो अबस्थामा छ । प्रत्येक बर्ष किसानहरुले स्याउ बगैँचा व्यवस्थापन गर्नुपर्छ ।

बगैँचा व्यवस्थापनले किसानलाई नै फाइदा हुँदा प्रत्येक विरुवालाई १० केजीका दरले मलखात गर्नुपर्छ, भण्डारीले भने । खडेरी पर्यो भने लगातार असार महिनासम्म विरुवालाई सिँचाई गर्नुपर्ने स्याउ कृषक भण्डारीले बताए ।

यसबर्ष मात्र उत्पादित ३० हजार विरुवाको प्रति विरुवाको सरकारी दरको मुल्य ४० रुपिँया र व्यक्ति मुल्य दर १ सय ५० रुपियाँमा विक्रि हुने गरेको चन्दननाथ १० का स्याउ कृषक अम्मरबहादुर रावतले बताए ।

जिल्लामा २०६ जना कृषकले नर्सरी नै दर्ता गरी स्याउका विरुवा उत्पादन गर्ने गरेका छन् । जुम्लाका किसानहरुले स्याउसँगै स्याउका विरुवाबाट पनि आम्दानी गर्ने गरेका छन् ।

जुम्लामा उत्पादन भएका स्याउका विरुवा कालिकोट, बाजुरा, दार्चुला, सिन्धुपाल्चोक, मुगु, डोल्पा, र रुकुम जिल्लासम्मका किसानहरुले खरिद गर्ने गरेको कृषक रावतले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले वास्तवमा मान्छेले स्याउ भन्ने वितिकै जुम्लालाई सम्झिने बताए ।

गुुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ बगैँचा व्यवस्थापन गर्न आवश्यक हुन्छ । पुस महिनादेखि फागुन महिनासम्म बगैँचा व्यवस्थापन गरिसक्नु पर्ने कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत देवकोटाले बताए ।

पहिले भन्दा २÷३ वर्षदेखि किसानहरुले बगैँचा व्यवस्थापन गर्नमा जागुरुक भएका छन् ।

अहिले जिल्ला कृषि विकास कार्यालय, साझेदारी सहयोग केन्द्र(पेस नेपाल) जुम्ला लगायत कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाहरुका प्राविधिक टोली सहित किसानका स्याउ वगैँचामा कृषकलाई स्याउ बगैँचा व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिने काम गरिरहेका छन् ।

साथै व्यवसायिक कृषकलाई सिचाईका लागि हिउँ पोखरी अनुदानमा दिएको योजना अधिकृत देवकोटाले बताए । उनले भने ‘जुम्लामा १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ बगैँचा र नयाँ विरुवा रोपेका छन् ।’

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बिहिबार, १८ माघ ०७४

प्रतिक्रिया

Related