बुद्धिष्ट सर्किट्समा सहयोग गर्न विश्व बैंक तयार

निर्माण सञ्चार, काठमाडौँ | विश्व बैंकले नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदाहरूलाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तव्यका रूपमा विकास र प्रबद्र्धन गर्न सहयोग गर्ने भएको छ ।

मंगलबार नयाँ दिल्लीस्थित कार्यालयमा यस क्षेत्रका सरोकारवालाहरूको बैठक आयोजना गरि बैंकले यो जानकारी दिएको हो ।

नेपाल र भारतका बौद्ध सम्पदाहरू जोडेर सीमापार बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबद्र्धन गर्दै आएका बिक्रम पाँडेले बैठकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

कार्यक्रममा पाँडेले बुद्धिष्ट सर्किट्स पर्यटनमार्गमा उपलब्ध सुविधाहरूका साथै चुनौतीका सम्बन्धमा सहभागीलाई जानकारी गराएका थिए ।

विश्व बैंकले बुद्धिष्ट सर्किट्समा क्रियाशील निजी क्षेत्र र सरकारी संयन्त्रबीच सहजकर्ताको भूमिका खेल्ने विश्व बैंक दक्षिण एसियाको लागि संस्कृतिक सम्पदा तथा सहभागितामूलक पर्यटन विकासको वरिष्ठ विकास योजनाकार स्टेफेनी अबकेर्लीले बताइन् ।

सरकार र बुद्धिष्ट सर्किट्समा आवद्ध व्यवसायीबीच सेतुको रूपमा काम गरी त्यहाँ रहेका अफ्ठ्याराहरू सल्टाइ भगवान बुद्धको जीवनसँग आवद्ध ऐतिहासिक धरोहरहरूमा पर्यटकको आवागमन सहज बनाउन आवश्यक भूमिका खेलिदिन पाँडेले विश्व बैंकलाई आग्रह गरेका थिए ।

यता भारतका सरोकारवालाहरूले भने आफ्नो देशका बौद्ध सम्पदाहरूमा पर्यटकीय गतिविधि सञ्चालन गर्दा आइपरेका अफ्ठ्याराहरू बताएका थिए ।

बुद्धिष्ट सर्किट्स पर्यटन गतिविधिप्रति भारत सरकारको रवैया त्यति सन्तोषजनक नभएको भन्दै सरोकारवालाले यस क्षेत्रमा पर्यटनको दिगो विकास गर्न भारत सरकारको रवैया परिवर्तन हुनुपर्ने बताए ।

कार्यक्रममा भारतको बिहारस्थित नालन्दा विश्वविद्यालयका प्राध्यापक डा रवीन्द्र पन्थले बुद्धिष्ट सर्किट्स पर्यटनको प्रबद्र्धन र विकासमा भारत सरकारबाट पाइराखेको सहयोग अपर्याप्त भएको दाबी गरे ।

...

बिहिबार, १८ माघ ०७४

प्रतिक्रिया

Related