अक्षरा स्कुलको शैक्षिक प्रदर्शनी

कक्षा ७ का विद्यार्थीले ड्रोन उडाउने
निर्माण सञ्चार, काठमाडौँ | भोलि (माघ १९) अक्षरा स्कुलले शैक्षक प्रदर्शनी देखाउने भएको छ । काठमाडौंको काडाघारीस्थित अक्षरा स्कुल प्राङ्गणमा हुन लागेको उक्त प्रदशनीमा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा देखाउने भएका छन् ।

एक्स्पो विहान ९ देखि ३ बजे सम्म संचालन हुनेछ ।

बालबालिकाले कक्षाकोठामा जे सिकेका छन् सोही ज्ञान खेलविधिबाट देखाउने भएको प्रिन्सिपल रमा भट्टराइले जानकारी दिइन् ।

प्रदशनीमा कक्षा १ देखि ९ कक्षा सम्मका बालबालिकाले आफ्नो फरक–फरक प्रतिभा/क्षमता देखाउने भएका छन् । जसमध्ये कक्षा ७ का विद्यार्थीले भने ड्रोन उडाउने भएका हुन् ।

प्रदर्शनीको उद्देश्य बालबालिकाको क्षमता प्रस्फुटित गराउने रहेको छ ।

‘बालबालिकाकाले आफ्नो जीवनमा आइलाग्ने समस्या कसरी समाधान गर्न सक्छन्, कक्षामा के अध्ययन गर्छाै भनेर एक्सपोमा देखाउनेछन्,’ भट्टराइले भनिन्, ‘कक्षामा सिकेको ज्ञानलाई कसरी बुझेका रहेछन् भनेर एक्सपोमा प्रदर्शन गर्नेछन् ।’

‘शिक्षामा समस्या समाधान गर्ने तरिका, रचनात्मक क्षमता, समूहमा काम गर्ने क्षमता, नेतृत्व विकास, अन्वेषण गर्न सक्ने क्षमता हुनु पर्छ । यसका लागि उनीहरुलाई अनुसन्धानमा केन्द्रित गराउनु पर्छ । हामी यही दर्शनमा आधारित भएर शिक्षा दिइरहेका छौं ।’ उनले भनिन् ।

उनका अनुसार शिक्षा भनेको जीवन हो, जीवन बुझ्न प्राक्टिकल शिक्षा हुनु पर्छ ।

एउटा स्कुलबाट २० जना विद्यार्थीहरुले शैक्षिक प्रदर्शनको अवलोकन गर्ने प्रिन्सिपल भट्टराइले बताइन् । यसका साथै अभिभावक लगायतले पनि प्रदर्शनको भ्रमण गर्ने भएका छन् ।

प्रदर्शनबारेमा कसैले जिज्ञासा राखेमा विद्यार्थीहरुले सामाना गर्ने अपेक्षा रहेको प्रिन्सिपल भट्टराइको भनाइ छ ।

एलआरपीए मोडल तयार गरी सोही मेथडबाट त्यहाँका विद्यार्थीले पठनपाठन गर्ने गरेका छन् । यही विधिबाट विद्यार्थीहरुले आफ्ना क्षमता देखाएर प्रदशनलाई मनोरञ्जनात्मक बनाउने भएका छन् ।

उक्त प्रदर्शनी पहिलो भएको बताउँदै प्रिन्सिपल भट्टराइले यसलाई निरन्तरता दिने प्रतिवद्धता गरिन् ।

निर्माण सञ्चारसँगको कुराकानीमा उनले प्रदर्शनीमा भिजिटर करिब ३००० अनुमान गरिएको बताइन् । यसको लागि अभिभावकहरुलाई समेत निमन्त्रणा पठाइसकिएका प्रिन्सिपल भट्टराइको दाबी छ ।

...

बिहिबार, १८ माघ ०७४ 

प्रतिक्रिया

Related