रहेनन् मनु ब्राजाकी, पशुपति आर्यघाटमा अन्तिम संस्कार

निर्माण सञ्चार, काठमाडौँ । साहित्यकार मनु ब्राजाकीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

उनको शुक्रबार बिहान १० बजेर ३० मिनेटमा पाटन अस्पतालमा ‘ब्रेन स्ट्रोक’ (मस्तिष्क शिरोघात) को पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो ।

उनलाई यसभन्दा अघि पनि दुई पटक मस्तिष्क शिरोघात भइसकेको थियो ।

उनको जन्म वि. सं. १९९९ मा महोत्तरीको औरहीमा भएको थियो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अत्यष्टि गरियो ।

उनका श्रीमति, दुई छोरा एक छोरी थिए । एक छोराको भने २०६९ सालमा नै मृत्यु भइसकेको छ ।

उनको पहिलो रचना वि.सं. २०१९ मा ‘अञ्चल सन्देश’ मा कथा प्रकाशित गरेर नेपाली साहित्यिक यातामा भित्रिएका अब्बल साहित्यकार हुन् ।

उनका ८ वटा कथा सङ्ग्रह र ४ वटा गजल सङ्ग्रह प्रकाशित छन् भने मनुब्राजाकीका रोजा गजल सङ्ग्रह मञ्जरी प्रकाशनबाट प्रकाशन हुँदैछ ।

प्रकाशित कथा संग्रह

१. अवमूल्यान (२०३८)

२. तिमी, म र तिम्री स्वास्नी (२०४६)

३. आकाशको फल (२०५२)

४. भविश्य यात्रा (२०५२)

५. पारदर्शी मान्छे (२०६०)

६. अन्नापूर्णाको भोज (२०७०)

७. जनजीवनका जीवन गाथा (२०७२)

८. मुनु ब्राजाकीका छोटा कथा (२०७२)

प्रकाशित गजल

१. गजलगंगा

२. काँडाका फूलहरु

३. के हेरेको ए जिन्दगी

४. आगोले त पोल्छ पोल्छ पानीले पनि पोल्छ

प्रकाशोन्मुख गजल

१. मनुब्राजाकीका रोजा (मञ्जरी प्रकाशन)

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नु हुँदैन लाटा’ कथा सङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो ।

उनी साझा पुरस्कार, मैनाली पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पद्मश्री सम्मान आदिबाट पुरस्कृत छन्।

...
शनिबार, २० माघ ०७४

प्रतिक्रिया

Related