‘नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१८’ हुँदै

२२ भन्दा बढी राष्ट्रबाट १५० भन्दा बढी कम्पनी तथा उक्त कम्पनीका उत्पादित वस्तुहरु प्रदर्शनीमा रहने
निर्माण सञ्चार, काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र Futurex Trade Fair & Events Pvt. Ltd.,ले संयुक्त रुपमा आयोजनागर्दै आइरहेको Nepal Buildcon & Nepal Wood  International Expo चौथो प्रदर्शनी यही २०७४ माघ २६, २७ र २८ गते काठमाण्डौंको भृकृटीमण्डपमा आयोजना गर्ने भएको छ ।

उक्त प्रदर्शनीमा २२ भन्दा बढी विभिन्न राष्ट्रका १५० भन्दा बढी कम्पनी तथा उक्त कम्पनीका निर्माणसम्बन्धी उत्पादन सामग्रीहरु प्रदर्शनीमा रहने छन् ।

यसैगरी, निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसाय र काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउँदै यस क्षेत्रमा भित्रिने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ३ वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आएको छ आयोजक संस्थाहरुले दाबी गरेका छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा Heavy Equipment / Pre-Fabricated House हरुको पनि उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीका आयोजना मिडिया स्पेस सोलुसन्स प्रा. लि. र Futurex Trade Fair & Events Pvt. Ltd., ले गरेका छन् भने सह प्रायोजन महिन्द्रा तथा निप्पोन पेन्टले गरेका छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरु Nepal Engineers’ Association (NEA), Society of Consulting Architectural & Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA), Federation of Contractors Association of Nepal(FCAN), Federation of Furniture and Finishing Entrepreneurs Association (FFFEA), Nepal Land and Housing Developers Association(NLHDA), Nepal Plywood Manufacturers Association(NPMA), Regional and Urban Planners Society of Nepal(RUPSON), Federation of Heavy Equipment Entrepreneurs Association of Nepal (FHEAN) तथा Confederation of Indian Industry (CII) रहने जानकारी गराउन चाहन्छौं ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकहरुले विश्वास राखेका छन् ।

यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहनु भएका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टिरियर डिजाइनरहरुको सहभागिता रहने छ ।

यसै पत्रकार सम्मेलनमा बोल्दै महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका राष्ट्र प्रमुख चैतन्य कगालकारले भने, ‘‘नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१८’ ले विकासको क्षेत्रमा निर्माण, इन्फास्टकचरका क्षेत्रमा हामीले उत्पादन गरेका निर्माण सामग्रीहरु प्रयोग गरेर नेपालको पुनः निर्माणमा सहभागी हुनेछौँ ।’

यसैगरी, निप्पोन पेइन्टस्का काउन्सुलर बलदीप खनालले भने, ‘हामीले जापानमा नयाँ पेन्टस् सफलका साथ व्यापर प्रवद्र्धन गरिरहेका छौँ । अब उक्त उत्पादन नेपालमा पनि बजार विस्तार गर्नेछौँ । निप्पोन पेइन्टसले नेपालका संरचनालाई सझ सुन्दर देखाउने सहयोग गर्नेछ ।’

यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्देश्यको रुपमा नेपालको निमार्ण तथा काष्ठ क्षेत्रको नयाँ सामान भित्राउने विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई बिदेशी संस्थाहरुको सामु देखाउनु रहेको आयोजक संस्थाले बताएको छ ।

माघ २६ देखि २८ सम्म हुने तीन दिने उक्त प्रदर्शनीमा प्रवेश निशुल्क गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।

भिडियो हेर्नुहोस्ः

...

आइतबार, २१ मघ ०७४

प्रतिक्रिया

Related