नारायणघाटमा यामाहा एफजी २५ ‘राइड आउट’ सम्पन्न

निर्माण सञ्चार, काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ ।

यसपटक एफजी २५ राइडरर्सलाई यामाहाले आफ्नो नारायणघाट डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो ।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो ।

यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो । यामाहाले दिएको अवसरप्रति एफजी २५ का राइडरहरुले खुसी व्यक्त गरे । 

आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर तथा भ्लगर आशिष काफ्लेले बताए ।

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको कम्पनीले बताएको छ ।

मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्ने कम्पनीले दाबी गरेको छ ।

एफजी २५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ ।

लन्च भएको छोटो अवधिमै एफजी २५ नेपालमै सबैभन्दा बढी रूचाइएकाे मोटरसाइकल बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

...

मंगलबार, २३ माघ ०७४

प्रतिक्रिया

Related