भ्रष्टाचार मुद्दामा बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया ५ वर्ष जेल चलान

बच्चाहरुका लागि विश्वबाट संकलित १ करोड ६१ लाख दुरुपयोग गरेको अभियोग
निर्माण सञ्चार, एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार मुद्दामा ५ वर्ष जेल चलान गरिएको छ । अदालतले दिएको आदेश पछि प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया जिया पक्राउ परेकी हुन् ।

उनले आफ्नो मुलुकका बालबालिकाका लागि विश्वभरबाटै संकलन भएको रकम हिनामिना गरेको अभियोगमा अदालतले सजाए सुनाएको थियो ।

१ करोड ६१ लाख दुरुपयोग गरेको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।

फैसला हुँदै गर्दा अदालत परिसरमै रहेकी जियाले आफूमाथि राजनीति प्रेरित षडन्त्र भएको आरोप लगाएकी छन् भने आफन्तलाई हिम्मत नहार्न भन्दै आँसु बगाएकी थिइन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसरा उनीमाथिको फैसला ढाकास्थित एक अदालतले गरेको थियो । फैसला सुनाउँदै न्यायाधीशले भनेका छन्, ‘उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।’

७४ वर्षीया जियाको उमेर वृद्ध भएको छ ।

उनलाई हजारौं समर्थककै बीचबाट प्रहरीले पक्राउ गरेको थियो । फैसला सुनाउनुअघि नै अदालत बाहिर रहेका उनका समर्थक हटाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास हानेको थियो ।

 

...

बिहीबार, २५ माघ, ०७४

 

प्रतिक्रिया

Related