सोनीको सोरुम अब शेर्पा मल दरबार मार्गमा पनि

निर्माण सञ्चार, काठमाडौँ । सोनीको सोरुम काठमाडौंको दरबारमार्ग स्थित शेर्पा मलमा सञ्चालनमा आएको छ ।

सोनीको नेपालस्थित आधिकारीक बिक्रेता ‘नेपा हिमा ट्रेड लिंक’ले बिहीबारबाट उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रमका बीच सोनीको विजनेस हेड Mr. Jeremy Heng, चर्चित निर्देशक निश्चल बस्नेत र ‘नेपा हिमा ट्रेड लिंक’ का कार्यकारी दिर्नेशक राजेश तुलाधरले उक्त सोरुमको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

उक्त सोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवर सट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेड फोनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यसअघि सोनीे सोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगबुमा सञ्चालनमा आइसकेका छन् ।

...

शुक्रबार, २६ माघ ०७४

प्रतिक्रिया

Related