पूर्वाधार विकासका लागि ‘बिल्डकोन’ मेला भृकुटीमण्डपमा– घर बनाउनेदेखि सहर, सडक र सानदार महल बनाउने प्रविधि हेर्न घुइँचो

औद्योगिक नेपाल बन्दै छ भन्ने सन्देश दिन सफल बिल्डकन (फोटो फिचर)
निर्माण सञ्चार, काठमाडौं । चार वर्षदेखि सञ्चालन हुँदै आएको ‘बिल्डकन तथा उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा सुरु भएको छ ।

‘नेपाल विल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ भन्ने ब्यानरमा सुरू भएको उक्त प्रदर्शनीको उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा भारतीय राजदूत मञ्जीभ सिंह पुरी तथा नेपालका लागि दक्षिण कोरियाका राजदूतको समेत उपस्थिति थियो ।

शुक्रबारदेखि सुरु भएको उक्त मेला ३ दिनसम्म चल्ने आयोजक मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले बताएको छ ।

आयोजकका अनुसार मेलामा सडक, हाइवे, हाइड्रो, घर, भवन निर्माणदेखि हेभी उपकरण, कार तथा विभिन्न लोडर, डोजरहरु समेत राखिएका छन् ।

छिमेकी मुलुक चीन, भारत लगायत २० भन्दा बढी मुलुकबाट समेत उक्त मेलामा विभिन्न निर्माण सामग्री, पूर्वाधार निर्माण उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

भूकम्प पछिको पुनर्निर्माणलाई समेत टेवा पुर्याउने गरी आयोजकले घर तथा भवन निर्माणका लागि आवश्यक सबै खालको सामग्रीको पनि जानकारी गराउन मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

कति दिन चल्छ, के के पाउँछौं हामीले मेलाबाट ?

३ दिनसम्म चल्ने मेलामा भवन निर्माण र सोसँग सम्बन्धित सबै सामग्रीहरूबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको मिडिया स्पेस सोलुशन प्रालिका महाप्रबन्धक सृजल भट्टराईको भनाइ छ ।

महाप्रबन्धक भट्टराईका अनुसार मेलामा १ सय २० भन्दा धेरै निर्माण कम्पनीको सहभागिता रहको छ भने निर्माण उद्योगमा के कस्ता आधुनिक औजारहरु बनेका छन् जानकारी समेत मिल्ने छ ।

मेलामा हेभी इक्वीपमेण्ट, प्रिफ्याबका घर, सिमेण्ट, फलामे छड, स्यानिटरी, हाइड्रोपावर, लिफ्ट, काठका मेशिनरी इक्वीपमेण्ट, आल्मुनियमका झ्यालढोका बनाउनेलगायत व्यवसायी सहभागी छन् ।

त्यस्तै, गुणस्तर नियन्त्रण तथा नाप्ने प्रविधि, टायर, इन्धन, लुब्रिकेण्ट, फायर फाइटिङ मेशिन, वाटर प्लाण्ट मेशिनसँग सम्बन्धित व्यवसायीको स्टल पनि पनि प्रदर्शनीमा रहनेका छन् ।

मेलामा नेपाल र विदेशी निर्माण तथा उड स्क्रयाब कम्पनीहरु बराबर सहभागी छन् ।

मेलाको पहिलो दिन भन्दा दोस्रो दिन शनिबार भएकाले बिहानैदेखि मानिसहरुको घुइँचो छ । आयोजकले ५० हजारले अवलोकन गर्ने अनुमान लिएको छ ।

बिहान १० देखि बेलुका ६ बजेसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।

पूर्वाधार विकासका लागि ‘बिल्डकोन’

बिल्डिङ र कन्ष्ट्रक्सन क्षेत्रको विकासका साथै प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकको दाबी गर्छ । प्रबन्धनक सृजलका अनुसार ‘निर्माण क्षेत्रमा थप टेवा पुगोस् भनेर यो मेला आरम्भ गरिएको हो ।

विदेशमा प्रयोग भइरहेका नयाँनयाँ प्रविधिका उपकरण नेपालमा ल्याउने प्लेटफर्मका रूपमा एक्स्पो आयोजना गरेका हौं ।’

एक्स्पोको सहप्रायोजक हो महिन्द्रा र निप्पोन पेन्ट ।

एक्स्पोलाई नेपाल इञ्जिनीयर्स अशोसिएशन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनीयरिङ फर्म्स, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घको सहयोग छ ।

भिडियो सहितको समाचारका लागि क्लिक गरौं

‘नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१८’ हुँदै

त्यस्तै, एक्स्पो आयोजनामा कन्फिडेरेशन अफ इण्डियन इण्डष्ट्री, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ, नेपाल प्लाइऊड उत्पादक सङ्घ, नेपाल हेभी इक्वीपमेण्ट व्यवसायी सङ्घ, रिजनल एन्ड अर्बन प्लानर्स सोसाइटी अफ नेपाल लगायत संस्था एकजुट भएर होमिएका छन् ।

पूर्वाधार विकासका लागि होमिएको नेपालमा यसखाले प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

 तस्विरमा बिल्ड कोन

 

 

 

...

शनिबार, २७ माघ, ०७४

 

प्रतिक्रिया

Related