माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यलयमा बम विस्फोट

घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ
निर्माण सञ्चार, काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा भारतीय कम्पनी जिएमआरले पाएको छ । उक्त कम्पनीको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे बिस्फोट गराएको हो ।

अज्ञात समुहले सुरक्षाका लागि खटिएको प्रहरी पोष्टमै बम बम विष्फोट गराएको हो ।

बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा केही क्षति पुगेको छ । कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले विस्फोटपछि के भयो केही थाहा नपाएको बताएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

...

आइतबार, २८ माघ ०७४

प्रतिक्रिया

Related