जन्मथलोमै स्वरोजगार बन्दै जुम्ली युवाः रोजगारका लागि विदेशिनु नपर्ने

कर्म गर्नसके आफ्नै भूमिमा रोजगार पाउन सकिने एक उदाहरण जुम्ली युवा
निर्माण सञ्चार, जुम्ला | तातोपानी गाउँपालिका ३ लिताकोटगाउँ करन सुनार आफ्नै जन्मभुमिमा स्वरोजगारका लागि पाखुरा चलाउँदै आएका छन् ।

सुनारले भने रोजगारका लागि विदेशिनु पर्ने अवस्था छैन काम गर्नसके आफ्नै ठाउँमा रोजगार पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।

उनी जस्तै तिलाकोट गाउँका सयौँ युवाहरु आफ्नो जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन् ।

नेपालमा रोजगार छैन भन्दै विदेशिने युवाहरुलाई उनीहरु भन्छन् विदेशमा भन्दा पसिना चुहाउन सके स्वदेशमै पैसा कमाउन सकिन्छ ।

तिलाकोट गाउँका युवाहरु आफ्नै बालबालिका अध्ययन गर्ने कालिका प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण गर्दै छन् ।

जिल्ला शिक्षा कार्यालय जुम्लाको १६ लाख रकम लगानीमा युवाहरु दुई कोठे भवन निर्माणमा जुटेका हुन् । आफ्नै गाउँठाउँका विकास पनि हुने र आयआर्जन पनि हुने भएपछि सकेसम्म स्वदेशमै रोजगार खोज्नु राम्रो भन्छन् अर्का युवा परिमल नेपाली ।

‘आफ्नै ठाउँमा पसिना बगाउन सके रोजगार यही छ’ विदेशिनु पर्दैन’ नेपालीले भने ‘आफ्नै माटोमा सुन फलाउन सकिन्छ ।’

लिताकोट गाउँकै केही महिनाअघि रोजगारीका लागि खाडी मुलुक कतार गएर फर्केका गोविन्द रावलले भने ‘रोजगारका लागि विदेशिनु राम्रो नहुने रहेछ ।’

‘अर्काको देशमा अनेक समस्या आईपर्ने रहेछन्’ उनले भने ‘२ बर्ष कतारमा बसे विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो रहेछ ।’

आफ्नो ठाउँमा दुःख गरे विकास पनि हुने र रुपियाँ पनि कमाउन सकिने उनको तर्क छ ।

अहिले आफ्नै जन्मथलोमा पञ्चेश्वर सहकारीमा काम गर्दै आएको उनले भने ‘यसैमा खुसि छु अब रोजगारका लागि विदेश जाने योजना बुनेको छैन ।’ तातोपानी गाउँपालिका प्रमुख नवराज न्यौपाने भन्छन् ‘हामी अव रोजगारीका लागि युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्दैछौ ।’

आफ्नो गाउँ आफैँ बनाउँ भन्ने अभियान शुरु गरिसकेको उनले जानकारी दिए । आफ्नो गाउँठाउँको आफैँले विकास गर्ने अव युवा जनशक्तिलाई यसरी उत्प्रेरित गरेर वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई सचेत पनि गर्दछौँ ।

प्रमुख न्यौपानेले भने युवाहरुले रोजगार पाउन् भन्ने उद्देश्यले विकास निर्माणका कामहरु ठेक्कापट्टामा दिएका छैनौँ उपभोक्ता समिति मार्फत नै काम गराएका छौँ ।

तर, केही उपभोक्ता समितिले इमान्दारीका साथ काम नगरेका हुनाले त्यता तिर निगरानी बढाउनुपर्ने अवस्था देखिएको छ ।

उनले भने ‘युवा शक्तिहरु पनि विकास निर्माणका काममा उत्साहित छन् र आफ्नै गाउँठाउँमा परिचालन गर्नुपर्छ ।’ स्वरोजगार बनाउनका लागि गाउँपालिका लागी परेको उनको भनाइ छ ।

० रोजगारीका लागि विदेशिन्छन् युवा सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर थापाका अनुसार जुम्लाबाट पनि रोजगारका लागि विदेशिने युवाशक्ति उत्तिकै रहेका छन् ।

प्रशासनबाट दैनिक ४/५ जनाले राहदानी बनाउन आउने गरेको उनले बताए । जुम्लाबाट सिफारिस लिएर केन्द्रबाट पनि लिने गरेका छन् ।

जुम्लाका बुद्धिजिवि जीवनबहादुर भण्डारीले वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुको रेमिट्यान्सले देश बाची रहेको छ तर कयौँ नेपाली युवाहरुको जीवनलीला समाप्त हुँदै गएको बताए ।

अरु देशले मानवपूँजी आयात गर्छन्, देशमा वस्तुको उत्पादन निर्यात गरेर, मानवपूँजिलाई आयात गरेर देशलाई अब्बल, समुन्नत बनाएका छन् ।

तर, नेपालले भने मानवपूँजी (युवा शक्ती)को निकासी गरेर मृत मानव शरिरको आयात गरेर आफुलाई विश्वमा अब्बल सावित गरिसकेको छ ।

जसले पठाएको रेमिट्यान्सबाट देशले आफ्नो जीवन निर्वाह गरिरहेको छ भण्डारीले भने । नेपालमा रोजगारका प्रचुर संम्भावना नभएर नेपाली युवाहरू दैनिक १५०० का दरले विदेसिन्छन् ।

बाबा आमाको सपना, परिवार बालबच्चाको शिक्षादिक्षाको जोहो गर्न विदेशिन्छन् तर मृत शरिर नेपालमा भित्रिने गर्ने गरेको भण्डारीले भने ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

 

...


बिहिबार, ३ फागुन ०७४

 

प्रतिक्रिया

Related