प्रेम गर्नेका नाउँमाः भ्यालेन्टाइनको ‘गुलाबी खर्च’ कहाँबाट आउँछ ? कसलाई दिनुहुन्छ ?

आफ्नै पैसाले गुलाब किन्दै हुनुहुन्छकि, बाउआमाको खल्ती रित्याएर ?
निर्माण सञ्चार, काठमाडौँ | हुन त प्रेम सबैले सबैलाई गर्नुपर्छ, र सधैँ गनुपर्छ ।

तर, प्रेम दिवसका नाउँमा आफूले माया गरेको व्यक्तिलाई दिनका लागि गुलाबको फूलकै लागि मात्रै कति खर्च गरे भनेर पनि आजका युवा/युवतीले सोच्नु पर्ने बेला आएको हो कि !

गुलाब किन्नकै लागि जति खर्च गर्न पनि हिचकिचाहट नगर्ने आजका पुस्ताका केटाकेटी त्यस बाहेक अन्य कुरा भने सोच्न रुचाउँदैनन् ।

कतै तपाँइले किनेको त्यो गुलाबका फूलले देशमा आर्थिक व्ययभार थपिएको त छैन ? कहिले सोच्नु भएको छ आफूले किनेको गुलाब कहाँबाट आएको हो ?

अरु बेला ६० रुपियाँ पर्ने गुलाबको फूल प्रणय दिबसका दिनमा भने तपाई त्यसको दोब्बर पैसा हालेर किन्नुहुन्छ । अझै बाहिरी मूलूकबाट भित्रिएका फूल ।

यसकारण पहिला तपाई आफै फूल फुलाउँनुस्, अर्थात् आफ्नै नेपाली भूमिमा फूल फुलाउन अरुलाई पनि प्रेरणा दिनुस् ।

यसले देशको आर्थिक गतिविधिलाई समेत सन्तुलनमा ल्याउन सहयोग पुग्छ ।

सबैले यस्तो सोचेर आफ्ना घर/आगँनमा फूल फुलाए बाहिरी मूलुकबाट फूल भित्राइरहनु पर्दैन । यसले गर्दा देशमा आर्थिक व्ययभार पनि थपिदैँन ।

कतिपय केटाकेटी त प्रणय दिवसका दिन आफ्नो खल्तिमा पैसा नभएता पनि बाबुआमाको खल्तिबाट पैसा चोरेरै भएपनि महँगो गुलाब किन्ने गर्दछन् ।

अझै केही समय देखाउनका लागि बाइक समेत अरुको मागेरै प्रमेकिलाई घुमाउने प्रवृत्ति छ । सच्चा प्रेम गर्नेहरुका लागि सधैैँ प्रेमको दिन हुन्छ ।

यसकारण आफूसँग नहुँदा नुहँदै पनि गुलाब किन्ने, मागेरै बाइक चलाउने बानीले भने आफू सँधै पछाडी नै परिन्छ ।

गुलाबदेखि मागेको बाइक त्यसमा लाग्ने पेट्रोल समेत बाहिरबाट आउँने हुँदा यसले देशलाई समेत घाटा लाग्छ भन्ने कुरा आजका युवायुवतीले साँच्चै सोच्ने पर्ने बेला आएको छ ।

आफ्नो देशमै गुलाब लगायत अन्य वस्तुको उत्पादन बढाएर आफूलाईसहित देशलाई समेत सहजता बनाउनुपर्ने उनीहरुको उत्तरदाहित्व हो ।

प्रेमको प्रतिक मानिने रातो गुलाबको फूल प्रणय दिवसका दिन विशेष मानिन्छ । आफूले माया गर्ने तथा आफूलाई माया गर्ने व्यक्तिविच यस दिवसको अवसरमा रातो गुलाबको फूल साटासाट गरेर प्रेम दिवस मनाउने गरिन्छ ।

प्रेम साटासाट गर्न पे्रमी नै हुनुपर्छ भन्ने छैन । धेरै जनाले परिवारका सदस्य, साथीभाई माझ पनि रातो गुलाब दिने गर्छन् । हरेक वर्ष फेब्रुअरी १४ का दिन मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)का दिन गुलाब किन्नकै लागि भिड लाग्ने गरेको छ ।

सोही दिनको मौका छोपी व्यापारीहरु भने फूलको मोल नै दोब्बरभन्दा बढी भनेर बेच्ने गर्दछन् । यसै दिनका लागि बाहिरी मूलूक बाट कराडौँको फूल नेपाल भित्रने गर्दछ ।

 कति मूल्य एक स्टिक गुलाबको ?

गत वर्ष प्रणय दिवसको अवसरमा एउटा स्टिक गुलाबको मूल्य ६० रुपियाँ थियो । तर, अहिले भने बजारमा गुलाबको मूल्य १६० रुपियाँ पुगेको छ ।

अरु बेला भन्दा प्रणय दिवसका दिन गुलाबको मूल्य दोब्बर हुने गर्दछ । व्यापारीले धेरै विक्री हुने भएर यस दिनको मौका छोपेर फाइदा लिने गर्दछन् ।

 यस वर्ष कति भित्रियो गुलाब ?

यस वर्षको प्रणय दिवसका लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ ।

आन्तरिक उत्पादनले मागको २० प्रतिशतमात्र धान्ने भएकाले ८० प्रतिशत भारतबाट आयात गरिएको हो ।

नेपाल फ्लोरिकल्चर एसोसियसनले जनाए अनुसार यसवर्ष २ लाख ३० हजार पिस गुलाबको माग छ जसमध्ये ५० हजार स्वदेशमै उत्पादन छ भने बाँकी १ लाख ८० हजार भारतबाट आयात गरिएको छ ।

गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशले माग बढेको एसोसियसनको भनाइ छ । गत वर्ष करिब १ लाख ९० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो ।

५ देखि ७ हजार पिस गुलाब दैनिक माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरी २ लाख पुग्ने एसोसियसनले जानकारी दियो । तर, वार्षिकरुपमा माग बढ्दै गएपनि उत्पादन भने वृद्धि हुन सकेको छैन ।

गत वर्ष करिब ५० हजार गुलाब उत्पादन भएको थियो । उत्पादनमा वृद्धि हुन नसक्नुका पछाडि हाइटेक प्रविधिको अभाव प्रमूख भएको बताइएको छ ।

अधिकांश भेगमा अझै पनि परपरागत शैलीमै खेती हुने गरेकाले उत्पादन सोचे अनुरुप बढ्न सकेको छैन ।

...

बुधबार, २ फागुन ०७४ 

प्रतिक्रिया

Related