फेसबुकले ल्यायो समाचार ‘बुस्ट’ गर्न नयाँ नियम

विश्वसनियताका अाधारमा प्राथामिकतामा राखिने
निर्माण सञ्चार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने नयाँ नियम लागु गर्ने भएको छ ।

फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले विश्वसनियताका आधारमा न्यूज फिडमा समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउने सस्थापक जुकरबर्गले बताएका छन् ।

यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिने बताउँदै यसको परीक्षण पहिला अमेरिकामा गर्ने र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिने बताएका छन् ।

समाचार जो पाठकका लागि जानकारीमूलक हुन्छन् त्यस्ता समाचारलाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ। यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ।

सामाजिक सञ्जालको समुदायले कुन समाचारलाई विश्वसनिय रुपमा लिएका छन् त्यसको फेसबुकले सर्वेक्षण गर्ने जुकरबर्गले बताएका छन् ।

यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले विश्वास दिलाएको छ ।

...

शनिबार ५, फागुन ०७४

प्रतिक्रिया

Related