निर्माण व्यवसायी महासंघ टोलीद्वारा ६ नम्बर प्रदेश मुख्यमन्त्री शाहीसँग भेट

६ नम्बर प्रदेशको पूर्वाधार विकासबारे मुख्यमन्त्रीको चासो, निर्माण व्यवसायीको प्रतिबद्धता
निर्माण सञ्चार, काठमाडौं । निर्माण व्यवसायी महासंघका उच्च पदाधिकारी ६ नम्बर मुख्य मन्त्री महेन्द्र शाही बिच भेटवार्ता भएको छ ।

उक्त टोली एफक्यान अध्यक्ष विष्णुभाइ श्रेष्ठको उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउवा, उपमहासचिव विष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहालसहितको टोली मुख्यमन्त्रीको भेटमा जुटेका थिए ।

भेटमा ६ नम्बर प्रदेशमा उद्योगको क्षेत्रमा रहेका समस्या र प्रदेश शुसासन सहित विकासको सम्भावना र चुनौतिका बारेमा छलफल भएको उपमहासचिव विष्णु बुढाथोकीले निर्माण सञ्चारलाई जानकारी दिए ।

यसैगरी, यस अघि नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर–१ को सचिवालय विराटनगरमा शिलन्यास गरी सुर्खेतमा निर्माण व्यवसायीलाई इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युरमेन्ट विधिबाट टेन्डर प्रक्रिया सहभागी हुने तालिम दिन पुगे ।

यसपश्चात, नेपालकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सनमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोगको अवलोकन समेत गरेका थिए ।

देश संघीय ढाँचामा गएसँग निर्माण व्यवसायीको उच्च पदाधिकारीहरु विभिन्न संघसंस्था तथा सरकारी निकायका उच्च पदस्थसँगको भेटघाट तथा छलफलमा देशदौडाहामा लागिरहेका छन् ।

 याे पनि पढाैँ‍‍‍...

निर्माण व्यवसायी महासंघः प्रदेश १ भवन शिलन्यास

...

शनिबार ५, फागुन ०७४

प्रतिक्रिया

Related