डोनाल्ड ट्रम्पको अर्काे असफलता ! डिभी चिठ्ठा बन्द गर्ने विधेयक संसदबाट अस्वीकृत

डिभीबाट अमेरिका गएका नेपालीलार्इ राहतको उच्छवास !
निर्माण सञ्चार, काठमाडौं । डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प एक पछि अर्काे गरी असफल’ बन्दै गएको चर्चा चल्न थालेको छ ।

किनकि उनले घोषणा गरेका लभगभग सबैजसो मुद्दाहरु संसद्बाटै असफल बन्दै गउका छन् ।

यो विधेयकमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो । गएको दिन अमेरिकी माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरेको हो ।

राष्ट्रपति ट्रम्पले सीमा सुरक्षा र नियमनबारे डाका विधेयक दुईपक्षीय समर्थनमा पेस गरेका थिए । संसद्बाट पराजित विधेयकबारे राष्ट्रपति ट्रम्पको कडा प्रतिक्रिया आएको छ ।

उनले ‘काम नलाग्ने’ भन्दै आलोचना गरेका छन् ।

यस विधेयकमा उनले भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत सार्वजनिक गरेका छन् । राष्ट्रपतिले आफ्नो अजेन्डा माथि नै अपमान भएको महसुस गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

उनले आगामी मार्च पाँचसम्ममा समाधान खोज्न संसदलाई आग्रह गरेका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार जना अमेरिका जान पाउँदछन् । यस्तै फेमिली कोटाअन्तर्गत अमेरिकामा ग्रिनकार्ड होल्डरले आफ्ना दाजुभाइ, दिदीबहिनी र आमाबुवालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नेछन् ।

यस्तो व्यवस्थाबाट अमेरिकी जनता प्रभावित हुने तर्कसहित डिभी चिठ्ठा र चेन इमिग्रेसन बन्द गर्नुपर्ने ट्रम्पको मुद्दा थियो । अमेरिकी संसद्बाटै ट्रम्प विधेयक असफल भएपछि भने नेपालीहरूलार्इ ठूलो राहत दिएको छ ।

डिभी परेर अमेरिका पुग्ने बिदेशीमध्ये नेपाली पहिलोस्थानमा रहेका छन् ।

हरेक वर्ष झन्डै ४ हजारका दरले डिभी चिठ्ठाबाट नेपालीहरु अमेरिका जाने गरेको रेकर्ड छ ।

 

 

...

शुक्रबार, ४ फागुन, ०७४

 

प्रतिक्रिया

Related