राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन अझै निरन्तर

हालसम्म १२०० ग्राहकवर्गले लिए सुविधा, उपभोक्ताले बम्पर १ लाख रुपियाँ क्यासब्याक जित्ने अवसर पनि
निर्माण सञ्चार, काठमाडौँ | सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले निरन्तरता दिँदै आएको राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई फागुनमा पनि प्राथिमिकता दिइएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका दशवटा आधिकारिक शोरुममा सञ्चालन गरि सफल भएको थियो ।

जसमा भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगर थिए ।

कम्पनीले यस टेष्ट राईड कार्यक्रम हालसम्म जम्मा १८ स्थानहरुमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम पौष महिनाको सुरुवातदेखि आयोजना गर्दै आएको हो ।

कम्पनीकाअनुसार माघ महिनामा ७१४ जना टेष्ट राईडको कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गर्दै सुजुकी सेलेरियो एक परफेक्ट फेमिली कार भनेका छन् ।

मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम श्री सिरज पन्तले भने ‘ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो ।’

‘यो माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२०० भन्दा धेरुै ग्राहकवर्गले यो सुविधा महसुस गुर्न भएको छ’, उनले भने ।

सेलेरिया “द परफेक्ट फेमिलीकार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो ।

हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर १ लाख रुपियाँ क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

...

शुक्रबार, ४ फागुन ०७४

प्रतिक्रिया

Related