नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १८ औं साधारणसभा सम्पन्न

अध्यक्षमा यामबहादुर बिसी निर्वाचित
निर्माण सञ्चार, काठमाडौँ । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १८ औँ साधारण सभा शनिबार (फागुन ५ गते) सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट अध्यक्षमा यामबहादुर बिसी निर्वाचित भएका छन् ।

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १८ औं साधारण सभालाई सम्बोधन गर्दै प्रदेश नं. ६ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री खड्ग खत्रीले भने, ‘निर्माण व्यवसायीक क्षेत्रमा जति ढिलासुस्ती भए अब त्यस्तो हुने छैन ।’ उनले थपे, ‘निर्माण क्षेत्रका समस्यालाई सरकालले विषेश रुपमा लिएर समाधान तर्फ अघि बढ्ने विश्वास दिलाउँछु ।’

उक्त साधारण सभामा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले भने, ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागू गरिनु पर्छ ।’

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको १८ औं साधारण सभालाई सम्बोधन गर्दै सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले बिना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने तथा भारत तथा अन्य देशहरुबाट निर्माण समाग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था हुनुपर्ने जोडदार माग गरेका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै महासंघका पूर्वउपाध्यक्ष कर्ण बहादुर मल्ल, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, आन्तरिक उपमहासचिव सुर्य प्रसाद तिमिल्सिना, केन्द्रिय सदस्यहरु दिपक गौतम, रत्न बहादुर खड्का, प्रदेश नं ६ का अध्यक्ष मोहन प्रकाश आचार्य, नेपाल निर्माण व्यवसायी एकता समाजका अध्यक्ष यामबहादुर बिसी लगायतका वक्ताहरुले व्यवसायीहरुका समस्या समाधान गर्न सरकारले ठोस पहल नगरेकोमा गुनासो गरेका थिए ।

याे पनि पढाैँ...

निर्माण व्यवसायी महासंघ टोलीद्वारा ६ नम्बर प्रदेश मुख्यमन्त्री शाहीसँग भेट

 

...

मंगलबार, ८ फागुन ०७४

प्रतिक्रिया

Related