ओमानको दोश्रो अधिबेशनः भावी कार्ययोजना सर्वसम्मत पारित

नयाँ नेतृत्वको कार्यसमितिलाई पद तथा गोपनियताको सपथ, कार्यभार हस्तान्तरण
निर्माण सञ्चार, काठमाडौँ | प्रवासमा रहेका नेपालीबिच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा बाँध्ने संगठन ‘प्रवासी नेपाली मञ्च ओमान’को दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन गत शुक्रबार (फागुन ४) ओमानको मस्कटस्थित अलमासा हलमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य एवम् प्रवास मध्यपूर्व ईन्चार्ज श्रीप्रसाद शाहसहित विशेष अतिथि महामहिम राजदूत शर्मिला पराजुली ढकालले गरेका थिए ।

यसैगरी, अधिवेशन उद्घाटन समारोहको अध्यक्षता मञ्चका निवर्तमान कार्यबाहक अध्यक्ष लिलानाथ कोइरालाले गरेका थिए ।

ओमानस्थित अन्य नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, प्रवासी नेपाली मञ्च युएई का अध्यक्ष श्याम कंडेल, महासचिव भेषराज ढकाल, भुतपूर्व उपाध्यक्ष गिरमान गाहा थापा मगर पनि अतिथिका रुपमा उस्थित थिए ।

यसैगरी, एनआरएन आइसिसी सचिब डि.बि. क्षेत्री र अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिब शोभाकान्त लामिछाने समेत कार्यक्रमका अतिथि रहेका थिए ।

विदेशमा कार्यरत श्रमशील नेपालीहरुमा समर्पित दुई थोपा हाँसो हास्यव्यङ्ग्य यात्रा लिएर ओमानमा पुगेको सिस्नुपानी नेपालका कलाकारहरुको टीम, मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, लक्ष्मण गाम्नागे र डा. रबिन्द्र समिर पनि कार्यक्रमको अतिथि रहका थिए ।

कार्यक्रममा उस्थित सबै अतिथिहरुले ओमानलाई शुभकामना दिएका थिए भने मनोज गजुरेलले आफ्नो प्रस्तुतिको माध्यमबाट उपस्थित सम्पूर्णलाई हसाएका थिए ।

मञ्चका निवर्तमान उपाध्यक्ष तेजबहादुर तामाङले भने स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । जन साँस्कृतिक मञ्च ओमानका कलाकारहरुले देशभक्त, जनवादी गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

अधिबेशन उद्घाटन समारोह अध्यक्षद्वारा समापन भएपछि अधिवेशनको बन्द सत्र शुरु भएको थियो ।

 

बन्द सत्र श्याम कंडेलको अध्यक्षता श्रीप्रसाद शाहको विशेष उपस्थिति र अध्यक्ष मण्डलका सदस्यहरू चानक पोख्रेल, भेषराज ढकाल, गिरमान थापा मगरको उपस्थितिमा सप्पन्न भएको थियो ।

मञ्चका निबर्तमान कार्यबाहक अध्यक्ष लिलानाथ कोइरालाद्वारा प्रस्तुत गरिएको राजनैतिक तथा सांगठनिक प्रतिबेदन र मञ्चका निबर्तमान सह कोषाध्यक्ष अनु पौडेलद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमाथी छलफल गरि सुझावसहित सर्बसम्मत पारित भएको थियो ।

यस्तै, प्रवासी नेपाली मञ्च ओमानको विधान २०७२ संशोधन हलबाट सुझाव संकलनसहित नव निर्वाचित कार्य समितिलाई संशोधन गर्ने अधिकार प्रदान गरिएको छ ।

त्यस्तै हलमा प्रस्तुत मञ्चका भाबी कार्ययोजना पनि सर्बसम्मत पारित गरिएको छ।

बन्दसत्रबाट सोमकृष्ण श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कार्य समिति, ३ सदस्यीय लेखा कमिटी, ५ सदस्यीय अनुशासन कमिटी, ५ सदस्यीय निर्वाचन कमिटी र अन्य कार्य समितिले थप्ने गरि १ सदस्यीय सल्लाहकार कमिटीको चयन गरिएको छ ।

कोको नयाँ नेतृत्वको कार्य समितिमा ?

अध्यक्षः सोमकृष्ण श्रेष्ठ

उपाध्यक्षः रामहरि गिरि

उपाध्यक्षः रन्जित आचार्य

उपाध्यक्षः बिष्णु चौलागाईं

महासचिवः पशुपति जि. सि.

सचिबः महेश न्यौपाने

सचिबः धन बहादुर गुरुङ

सचिबः अनु पौडेल

सचिबः रेशम शाही

कोषाध्यक्षः गणेश बहादुर शाही

सह–कोषाध्यक्षः सन्तोष कटुवाल

सदस्यमाः

शिबहरी पराजुली, गणेश प्रसाद पाण्डे, सूर्य प्रसाद ढुंगाना, कमल गौतम, यज्ञ पराजुली, पेमदिकी शेर्पा, बलराम गैरे, सर्बेश पाल, प्रधुन्न कार्की, होम श्रेष्ठ, गणेश परियार, रोशन गौतम, गणेश चोखाल प्रबिण लामा ।

लेखा कमिटीमाः

अध्यक्ष– भुपाल चौहान

सचिब– हेमा श्रेष्ठ

सदस्य– खुमलाल भट्टराई

अनुशासन कमिटीमाः

अध्यक्ष– लिलानाथ कोइराला

सचिब– भुपेन्द्र बाब्ली

सदस्यहरु:

 रामभक्त सडोला, राजु रायमाझी र सम्झाना के. सि.

निर्वाचन कमिटीमाः

अध्यक्ष– तेज बहादुर तामाङ

सचिब– चिरञ्जीवी भण्डारी

सदस्यहरू:

माधब अधिकारी, दुर्गा घर्ती मगर र मुना कार्की

सल्लाहकार कमिटीमाः

मान बहादुर श्रेष्ठ

नब निर्वाचित कार्य समिति र कमिटीहरुलाई अधिबेशनका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य एबम प्रवास मध्यपूर्ब ईन्चार्ज श्रीप्रसाद शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

मञ्चको पहिलो बैठक पनि सोही दिन बसेको थियो । सो बैठकमा विभिन्न महत्वपूर्ण प्रस्तावहरु माथी छलफल गर्दै केही निर्णयहरु पारित गरेको छ ।

बैठकले संगठन बिभागको जिम्मेवारी मञ्चका उपाध्यक्ष रामहरि गिरिलाई दिएको छ भने अर्का उपाध्यक्ष बिष्णु चौलागाईलाई स्कुल विभागको जिम्मेवारी दिएको छ।

...

बुधबार ९, फागुन ०७४ 

प्रतिक्रिया

Related