के नेपालमा गुणस्तरीय इन्जिनियर उत्पादन भएकै छन् त ? काउन्सिल, युजिसी र एकोनले दिदै छन् पहिलो पटक नयाँ ‘भिजन’

निर्माण सञ्चार, काठमाडौं । नेपालमा लगभग ५ दर्जन बढी इन्जिनियरिङ कलेज छन् । कुनै त्रिभुवन विश्वविद्यालयबाट त कुनै अन्य विश्वविद्यालयबाट ।

तर, आजसम्म पनि यी कलेजहरु सञ्चालनका लागि पठनपाठनदेखि कलेज पूर्वाधार, ल्याब, शिक्षकदेखि आवश्यक मापदण्ड भित्र रही ‘क्वालिटी एक्रिडिएसन एस्युरेन्स’ लिने संस्कृति भने नेपालका इन्जिनियरिङ कलेजहरुसँग छँदै छैन भन्दा पनि अनौठो लाग्न सक्छ ।

र्थात् निकै थोरै कलेज (१९ वटा) ले मात्र लिएका छन् ।

जसरी स्वास्थ्य संस्था सञ्चालनका लागि विशेष मापदण्ड अनिवार्य पूरा गर्नु पर्छ, जसरी नेपाल गुणस्तर चिह्न प्रमाण पत्र लिनका लागि निश्चित क्राइटेरिया ‘मिट’ गर्नु पर्छ, इन्जिनियर जस्ता जनशक्तिहरु उत्पादनका लागि के कति मापदण्डहरु पूरा गर्नु पर्ला ?

के कस्ता प्रविधि र शिक्षा शिक्षणको बाटो अवलम्बन गर्नु पर्ला भन्ने विषयमा पर्याप्त मात्रामा सरोकारवाला निकायहरुले समेत बहस गरेको पाइन्न ।

पहिलो पटक आयोजना हुँदै यस्ता सवालमा त्रिपक्षीय गोष्ठी

यस्तै विषयमा अन्तर्राष्ट्रिय ख्याति समेत आर्जन गरेका विभिन्न विज्ञहरु सहित भई नेपालमै पहिलो पटक इन्जिनियरिङ क्षेत्रमा गुणस्तरीय शिक्षा शिक्षणका लागि विश्वविद्यालय अनुदान आयोग, नेपाल इन्जिनियरिङ परिषद् तथा एकोनले त्रिपक्षीय रुपमा एक दिने कार्यशाला गोष्ठी गर्दै छन् ।

गोष्ठीमा ४९ वटा कलेजहरु सहभागी हुदै छन् ।

गुणस्तरीय इन्जिनियरिङ जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थादेखि शिक्षक र शिक्षा शिक्षणमा समेत चाहिने अनिवार्य पूवसर्तहरुबारे जानकारी गराइने आयोजक संस्थाले बताएको छ ।

युजिसीले पनि यस्ता ‘वर्कसप’ हरु शैक्षिक क्षेत्रमा ००७ सालदेखि गर्दै आएको दाबी गरे पनि त्यसको तुलनात्मक असर भने शून्यप्रायः छ ।

तर, इन्जिनियरिङ क्षेत्रमा भने यो नै पहिलो कार्यशाला गोष्ठी गर्न लागेको इन्जिनियरिङ परिषद्का अध्यक्ष सत्य नारायण शाहले जानकारी दिए ।

कार्यक्रम कहिले कहाँ कतिजनाको बीचमा हुँदै छ, तल जानकारी उपलब्ध छ

 

 

...

 

बुधबार, ९ फागुन, ०७४

 

प्रतिक्रिया

Related