‘सरकार निर्माण उद्योगलाई समृद्ध बनाऊ’– निर्माण व्यवसायी

महाधिवेशनमा तात्दै निर्माण व्यवसायीहरु
निर्माण सञ्चार, काठमाडौँ । महाधिवेशन नजिकिँदै गर्दा देश दौडाहामा रहेका निर्माण व्यवसायीका नेताहरुले निर्माण उद्योगलाई उद्योगकै रुपमा फस्टाउने वातावरण नबनाएको आरोप लगाएका छन् ।

निर्माण व्यवसायी संघ बाँकेको १७ औं वार्षिक साधारण सभामा बोल्दै निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।

बाँकेको आठौं जिल्ला अधिवेशनमा आइतबार सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले स्वदेशी व्यवसायीहरु स्रोत साधन सम्पन्न नभएसम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताए ।

राज्य सञ्चालनको अङ्गको रूपमा रहेका व्यक्तिका कारण नै निर्माण व्यवसायमा विकृति मौलाइरहेको आरोपसमेत उनीहरुले लगाए ।

उनले भने, ‘व्यवसायीहरुले अझै सुरक्षाको पूर्ण प्रत्यभूति पाउन सकेका छैनन् । यस्तो अवस्थामा व्यवसायीहरुले कसरी व्यवसाय संचालन गर्ने ?’

सरकारी निकायले साना प्याकेजका कामहरुलाई एकमुष्ट गरी ठूलो प्याकेजका रुपमा टेण्डर आह्वान गर्ने भएकोले साना व्यवसायी पेशाबाटै विस्थापित हुने स्थिति आएको श्रेष्ठले बताए ।

बाके निर्माण ब्यवसायी अध्यक्षमा टेकबहादुर खड्का निर्वाचित

निर्माण व्यवसायी संघ बाँकेको अध्यक्षमा टेक बहादुर खड्का निर्वाचित भएका छन् । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, उपमहासचिव सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, सहकोषाध्यक्ष नरहरि थपलिया, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह, पूर्व उपाध्यक्ष कर्ण मल्ल लगायतका वक्ताहरुले व्यवसायीहरुका समस्या र समाधानका उपायका विषयमा चर्चा गरेका थिए ।

...

सोमबार, १४ फागुन ०७४

प्रतिक्रिया

Related