कर्णालीमा हवाई टिकट वितरणमा मनपरीः एअरलाईन्सले नै लियो जिम्मा

निजी विमान कम्पनीहरुलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपाङ्ग र विद्यार्थीलाई विशेष प्राथामिकतामा राखेर टिकट वितरण गरिने
निर्माण सञ्चार, जुम्ला | वर्षौदेखि कर्णालीमा हवाई टिकटको लागि सर्वसाधारणहरुले सास्ती पाउँदै आएका छन् ।

बिरामि नागरिकले समेत तत्काल टिकट पाएको अवस्था छैन । हवाई टिकटका बहानामा कर्णालीमा मनपरीतन्त्र चल्ने गरेको छ ।

धेरै पटक कर्णालीका जनताले सहज हवाई सेवा नपाएको गुनासो आउदाँ पनि कुनै निकायले त्यस तर्फ ध्यान दिएको अबस्था छैन । जसकारण हालसम्म पनि टिकट पाउन कर्मचारीलाई गुर्हानुपर्ने कर्णालीबासीको बाध्यता ज्यूको त्यु छ ।

समयमै टिक नपाएर कतिले ज्यान गुमाएका छन् भने कति त बास बसेर पनि घर फर्केको अबस्था छ ।

नेपालगञ्ज देखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ ।

० टिकट अब एयरलाइन्सबाटै

अब नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पुर्ण जिल्लाहरुमा उडान गर्ने विभिन्न एअरलाईन्सको सहुलियत टिकट वितरणको जिम्मा एअरलाईन्स आफैँले लिने भएको छन् ।

वर्षौदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरीलाई रोक्न सम्बन्धित एअरलाईन्सलाई नै वितरण गर्न निर्देशन दिईएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले बताए ।

उनका अनुसार यो भन्दा अगाडि सम्बन्धित जिल्लाका मान्छेहरु गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट बितरणमा मनपरी भएको बताए । सामान्य नागरिकहरुले हवाई सेवा नपाएको गुनासो धेरै आयो ।

उनले थपे ‘पहिला गठन भएका समितिहरुले गरेको मनपरीलाई रोक्न अब एअरलाइन्सहरु आफैँ सहुलियत टिकट वितरण थाल्ने उनले टलिफोनमार्फत् जानकारी दिए ।’

 सहुलियत उडानका फाइदा

निजी विमान कम्पनीहरुलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपाङ्ग र विद्यार्थीलाई विशेष प्राथामिकतामा राखेर टिकट वितरण गर्न समेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको उनको भनाई छ ।

विशेष क्षमता भएका नागरिकहरुको सेवाका लागि जारी पत्रमा उल्लेख गरिएका व्यवस्थाहरु अहिलेसम्म कुनै पनि कर्णालीको हकमा कार्यान्वयन भएको अवस्था छैन ।

अशक्त व्यक्ति, विद्यार्थीहरुका लागि दिईने विशष सहुलियतमा पनि कटौती हुदै आएको छ । अब त्यसलाई रोक्ने प्रमुख तिवारीले बताए । तर, यता जुम्ला सिता इएरलाईन्सका राम राव्लले जारी पत्रमा सेवाहरु कर्णालीबाट पाईरहेको दाबी गरेका छन् ।

प्रमुख प्रताबबाबु तिवारीले भने ‘अब सिँधै विमान कम्पनीको कार्यालयमा गएर सहुलियत टिकट लिनको लागि यात्रुहरुलाई आग्रह गरे ।’

कर्णालीमा तारा, गोमा र सिता एअरलाईन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाईन्सले एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान गर्दै आएको छ ।

प्रायःनिजी विमान कम्पनीहरुले चार्टर उडानलाई प्राथामिकतामा राखेर सहुलियत उडानमा ढिलाई गरिएको पाइएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथामिकतामा राखेर उडान गर्न नेपाल बायुसेवा निगमले निजी विमान कम्पनीलाई आग्रह समेत गरको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

शुक्रबार, ११ फागुन २०७४

प्रतिक्रिया

Related